पक्राउ परेका दुर्गा प्रसाईंलाई जिप्रका काठमाडौं पुर्याइयो

काठमाडौ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौ ल्याइ पुर्याइएको छ । भारतीय प्रहरीले मेची पुलमा छाडेपनि नेपाली सिमानामा नेपाल प्रहरीले उनलाई पक्राउ गरी राजधानी ल्याइपुर्याएको हो ।

प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन् । 

उनीहरूलाई शुक्रबार बिहान काँकडभिट्टा नाका हुँदै झापास्थित भद्रपुर विमानस्थलबाट फ्लाइटमा काठमाडौँ ल्याइएको बताइएको छ ।

काठमाडौ ल्याइए लगत्तै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौमा राखिएको छ ।