काठमाडौं । राजावादीहरूको प्रदर्शन अराजक भएको छ।
तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन् ।
प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् र आगो समेत लगाइदिएका छन् । राजसंस्था ल्याउन जनआन्दोलन घोषणा गर्ने भनिएको कार्यक्रम अराजक भएपछि त्यसका कमान्डर दुर्गा प्रसाईं लगातका नेताहरू आलोचित भएका छन् ।
सर्वसाधारणको सम्पत्ति हानी नोक्सानी पुर्याउने कार्य भएपछि सामाजिक संजालमा आक्रोश पोखिएको छ । मानिसहरूले अराजक समूहको नेतृत्वलाई कार्वाही र पूर्व राजाको सम्पूर्ण सेवासुविधा समेत खारेजीको माग गरेका छन् ।
यता राजावादी भने प्रहरी दमनले भीड उग्र बन्दा क्षति भएको भन्दै आन्दोलनको बचावमा उत्रिएका छन् ।