काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् ।
गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका श्रोतले जनाएको छ ।
उनी भारतको असाम राज्यबाट पक्राउ परेका बताइएको छ । उनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीले ल्याउँदै गरेको बताइए पनि आधिकारिक पुष्टि भने भएको छैन ।
ब्यवसायी प्रसाईं माओवादी, एमाले हुँदै अहिले राजावादी भएका छन् । राजा ल्याउने जनबिद्रोह घोषणा गर्ने उनको कार्यक्रम हिंसात्मक हुँदा चैत १५ मा दुई जनाको ज्यान जानुका साथै आगजनी, ध्वङ्स र लुटपाटका घटना भएको थियो ।
बिहीवार राति एक बिज्ञप्ती जारी गर्दै नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ ।
दुर्गा प्रसाई भारतबाट पक्राउ परेका भन्ने खबर सत्य नभएको प्रहरीले जिकिर गरेको छ ।
हेर्नुस् बिज्ञप्ति
तर प्रसाईंका नजिकका अधिवक्ता स्वागत नेपालले भने प्रसाईंको ज्यानको सुरक्षा नरहेको र सरकारले उनलाई बेपत्ता समेत पार्न सक्ने भन्दै राजसस्था पुनर्स्थापनालागि संयुक्त जनआन्दोलन परिचालन समितिको प्रवक्ताको हैसियतले यस्तो आह्वान गरेका छन् ।