काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो। थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी […]
ननस्टप विशेष
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]
मध्यपुर थिमिमा दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले आधा दर्जन ब्यवसायमा लाखौंको क्षति
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि- ४ स्थित एक दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले ११ लाख रुपैयाँ बढी धनमालको क्षति पुर्याएको छ । आइतबार पौने १ बजे २३ वर्षिय सञ्चालक सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा आगलागी हुँदा आधा दर्जन ब्यवसायीले क्षति ब्यहोर्नु परेको हो । करेन्ट सर्ट भई दुनोट फ्याक्ट्रीमा आगलागी भएको र आसपासमा रहेका पसल तथा व्यवसायहरुमा समेत […]
होटल एसोसियसन नेपाललाई प्रमुख मजदुर संगठनहरुको यस्तो पत्र
काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै उनीहरूले आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्त, […]
काँग्रेस एमाले प्रतिगामी धारमा मिल्ने खतरा रहेको प्रचण्ड खुलासा, नेमकिपाको प्वाँख पलाएको टिप्पणी
भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको तीन धारमध्ये अग्रगामी धारको नेतृत्व आफ्नो पार्टीले गरेको बताएका छन् । यथास्थितिवादी धारमा रहेका नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरु मौका मिल्नासाथ प्रतिगामी धारमा मिल्ने खतरा रहेको समेत उनले खुलासा गरे । शनिवार भक्तपुरको सूर्यविनायकस्थित योयो बैङ्क्वेटमा आयोजित पार्टीको प्रशिक्षण […]
शिक्षकका माग सम्बोधन नगरे परिणाम राम्रो हुँदैन : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट […]
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]
स्थानीयको दबाबपछि सशस्त्रका एसपी आफैंले लिए सईलाई नियन्त्रणमा
न्यूजकारखाना, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन्। महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्। त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो। महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब […]
तराईमा आज होली, सरकारको सार्वजनिक बिदा
आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको […]











