काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।
सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले तीनकुने, कोटेश्वरमा गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।
चैत १५ को प्रदर्सनका कारण कमान्डर दुर्गा प्रसाईं फरार छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा प्रहरी हिरासतमा छन् ।
चैत १५ ले पठाएको पाठले गर्दा बल्खु प्रदर्सनलाई अराजक हुन नदिन राप्रपा नेतृत्वले बिशेष सावधानी अपनाइरहेको देखिन्छ ।यद्यपि राप्रपाले अपेक्षा गरे अनुरुप मानिस भने उपस्थित हुन सकेका छैनन् ।