भक्तपुर । वायु प्रदूषण ब्याप्त काठमाडौ उपत्यकामा हल्का वर्षा भएको छ । उपत्यका र आसपासका क्षेत्रमा दिउँसो करिब साढे दुई बजेदेखि वर्षा जारी रहेको हो ।
केही ठाउँमा असिना पनि परेको छ । लामो समयपछि पर्न नसकेको पानी परेपछि वायु प्रदूषण घट्ने आशा गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी क्षेत्रमा पानी परिरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ ।