भक्तपुरको राधेराधेमा जारी सप्ताहको आज समापन : साँझ बिशेष कार्यक्रम, राति जाग्राम

भक्तपुर । भक्तपुरको राधेराधेमा जारी श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ आज समापन हुने भएको छ ।

मानव कल्याण समाज (सेवा घर) को आयोजनामा सञ्चालन भईरहेकाे श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञकाे आज बि बेलुकी विशेष समापन कार्यक्रम हुने आयोजक समितिका सचिव बेदप्रसाद खरेलले बताएका छन् ।

वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल लगायतले बिहीवार उद्घाटन गरेको महायज्ञमा कथा वाचिका सुमी मानवले दैनिक श्रीमद् भागवत कथा वाचन गरिरहेकी छन् ।

 महायज्ञमा स्थानीय समाजसेवी र अभियन्ताहरु तनमनधनका साथ् लागिपरेका छन् । महायज्ञमा गरिने सम्पूर्ण दान मानव सेवामा प्रयोग हुने भएपछि धर्म र सेवामा आस्था एवं बिश्वास राख्नेहरु उत्साहित भएका आयोजक समितिका सल्लाहकार मधु ढुङ्गेल बताउँछन् ।

महायज्ञमा दाताहरुले ५० लाख बढी दान गरेका कोषाध्यक्ष नरेश रन्जितले बताए । आज अन्तिम दिन पनि दान दिनेको लर्को नै देखिन्छ । करिब ७५ लाख रुपैयाँ दान प्राप्त हुनसक्ने उनले प्रक्षेपण गरेका छन् । 

 बेवारिसे सडक मानवलाई आश्रय दिई पालन पोषण गर्दै आएको मानव कल्याण सामाजको आफ्नै व्यवस्थित बासस्थान बनाउन दान र भेटीको प्रयोग हुने भएकाले दाताहरु खुशीसाथ दानमा संलग्न देखिएका आयोजक समितिका अध्यक्ष गोपी न्यौपानेले जानकारी गराए ।

कथावाचिका सुमी मानवले सप्ताहको समाप्तीपछि आज रातभर जाग्राम बस्ने समेत बताएकी छन् ।