काभ्रेपलान्चोक । काभ्रेको रोशी- ९ दाउने स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाडौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख १३३९ नं. को यात्रुबाहक बस पल्टिएको छ ।
पानी परेको कारण ब्रेक नलागि चिप्लदा सो बसले खाँदबारी बाट काठमाडौ तर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाईस गाडीलाई ठक्कर दिई सडकबाट अन्दाली २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसमा सवार १५ जना मध्ये ११ जना घाईते भएका इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बसलाई बाँँसको झ्याङले बल्ड्याङ खानबाट बचाएकोले थप क्षती भएन ।
प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार घाइतेको अवस्था यस्तो रहेको छ :-
१) जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने बर्ष ७३ की सुन्तली बि.क. टाउकोमा चोट (अवस्था गम्भिर)
२) ऐ.ऐ. बस्ने बर्ष ७० को छत्र ब. बि.क. टाउकोमा चोट (अवस्था मध्यम)
३ )जिल्ला रामेछाप मन्थली न.पा. ९ बस्ने बर्ष अ. ३४ को रामसरण बि.क. टाउको र दाहिने पातोमा चोट (अबस्था मध्यम )
४)जि. काभ्रे बनेपा न.पा.१३ बस्ने बर्ष ३३ कि सिता श्रेष्ठ टाउको ठोकिएको (अबस्था मधयम)
५) जि. रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने बर्ष अ. २७ को पुजन श्रेष्ठ बाया करङ ठोकिएको (अबस्था मध्यम)
६) जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने बर्ष अ. ३५ को कुमुद देबकोटा टाउको र ढाडमा चोट (अबस्था मध्यम)
७) जिल्ला भक्तपुर चागुनारायण न.पा.४ बस्ने बर्ष ६२ को जनक बुढाथोकि नाकमा चोट (अबस्था सामान्य डिस्चार्ज भएको )
८) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ बस्ने बर्ष ३५ को पदम सुनुवार टाउकोमा चोट (अबस्था मध्यम)
९) जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने बर्ष ५० को ङावा सेर्पा करङ ठोकिएको (अबस्था मध्यम)
१०) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष १० को ङिमा सेर्पा नाकमा चोट (अबस्था सामान्य )
११) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.३ बस्ने बर्ष २० कि सुजता सुनुवार (सामान्य डिस्चार्ज भएको )