परिवर्तनशील आवाज साप्ताहिकको प्रकाशक सम्पादक एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य रामचन्द्र प्रजापतिलाई पितृशोक परेको छ ।
पत्रकार प्रजापतिका पिता राजकुमार प्रजापतिको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो ।
भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएका प्रजापतिको पार्थिव शरीरलाई बिहीबार बिहान भक्तपुरको हनुमानघाट पुर्याई अन्त्येष्टि समेत सम्पन्न गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
दिवङ्गत प्रजापतिका २ छोरा र ५ छोरी छन् ।