भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएका छन्। नयाँ वर्षको अवसर पारेर बिस्का जात्रा अन्तर्गत आयोजना हुने यो सांस्कृतिक परम्परामा सुजनको साहस र समर्पणप्रति बागमती प्रदेश सरकारले विशेष सम्मान जनाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सुजनलाई नगद दुई लाख रुपैयाँसहित […]
ननस्टप विशेष
संसारको सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकारबाट नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेको व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उनको राजनीतिक यात्रालाई दक्षिण एसियामा नयाँ तरङ्ग ल्याउने उदाहरणका रूपमा व्याख्या गरेको छ। शाहको उदयलाई युवा पुस्ताको समर्थन र परम्परागत राजनीतिक […]
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक : प्रायसंग पर्याप्त सुन, शिक्षामन्त्री सबैभन्दा धनी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसहित मन्त्रिपरिषद्का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा धेरै मन्त्रीसँग उल्लेख्य मात्रामा सुन रहेको देखिएको छ। प्रधानमन्त्री शाहले आफूसँग तथा श्रीमतीसँग गरी १९० तोला सुन–चाँदीका गहना रहेको उल्लेख गरेका छन्, यद्यपि सुन र चाँदीको छुट्टै विवरण भने खुलाइएको छैन। उनका अनुसार सामाजिक सञ्जालबाट कमाइ गरेको करिब १ करोड […]
दुईदिनमा २० हजारले हेरे सल्लाघारीस्थित महोत्सव, बैशाख ६ सम्म सञ्चालन हुने
भक्तपुुर । ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करणमा दर्शकको आकर्षण बढ्दै गएको छ । शुक्रबार र शनिबार बीस हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । शनिबार बिदाको दिन परेकाले पनि दर्शक बढेका र आइतबार अझ बढ्ने संकेत मिलेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । […]
संसदीय दश समितिमा दिइयो जिम्मेवारी
काठमाडौं । प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विषगत समिति गठन भएको जानकारी दिएका छन्। सभामुख अर्यालले समितिमा रहेका सांसदको नामावली बैठकमा प्रस्तुत गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला […]
भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने
भक्तपुर । बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । विविध भाषाभाषीका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले यो सेवा शुरु गर्ने भएको हो । बिहीवार सम्पन्न सामाजिक परीक्षणको प्रस्तुतीकरण एवं आमभेलामा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पहिलो चरणमा नेवारी र तामाङ्ग भाषालाई व्यवहारमा ल्याइने बताए । […]
नेमकिपाले नव युवापुस्तालाई समाजवाद पढाउने
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समिति बैठकले नयाँ पुस्तालाई समाजवादबारे शिक्षित गर्दै जानुपर्नेमा जोड दिएको छ । सोमबार राति भक्तपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले नयाँ पुस्तालाई समाजवादबारे बुझाउन नसक्नु कमजोरी भएको भन्दै समाजवादको प्रचारप्रसारमा जोड दिएको हो । साम्राज्यवादको पतन तथा समाजवादको विजय अवश्यम्भावी भएको र नयाँ पुस्तालाई लक्षित गर्दै यसबारे बिभिन्न कार्यक्रम […]
भक्तपुरमा डोजर आतंक भयो : सांसद खत्री
भक्तपुर । रास्वपा नेता एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले भक्तपुरमा डोजर आतंक देखिएकोले त्यो बन्द गरिने बताएका छन् । नेपाल प्रेस सोसाइटीको भित्तेपात्रो सार्वजनिक कार्यक्रमलाई सोमबार सूर्यविनायकमा सम्बोधन गर्दै उनले भने, “डोजर छ भन्दैमा जहाँतही कोपर्न हुँदैन ।” नियमबिपरित डोजर लगाई जमिन कोपर्ने सबैलाई कार्वाही हुने उनको दावी छ । उनले सूर्यविनायकमा […]
भक्तपुरमा भेटियो बर्डफ्लु
संजीप घिमिरे, भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । वडा नं. ८ को महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको H9 प्रकारको जीवाणु फेला परेको हो । केही दिनदेखि कागहरु मरिरहेका स्थानीयले जानकारी गराएपछि परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । शुक्रबार प्राप्त रिपोर्टमा बर्डफ्लुको H9 भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर […]
पूर्व प्रधानमन्त्री ओली र उनका गृहमन्त्री लेखक भक्तपुरबाट पक्राउ
भक्तपुर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहान भक्तपुरबाट उनीहरू पक्राउ परेका हुन् । पौने ५ बजेको समयमा सूर्यविनायक- ५ मनोरम टोल, कटुन्जेबाट पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको टाेलीले नियन्त्रणमा लिएको हो भने सूनपा-७ गुण्डुबात पूर्वप्रधानमन्त्री ओली पक्राउ परे । उनीहरूलाई जिल्ला प्रहरी परिसर […]











