वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ। शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि उपचार सम्भव नभएपछि नेशनल […]
ननस्टप विशेष
घडी भाइरल भएपछि मन्त्री खरेलले खोले मुख
काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । आफूले लगाएको घडी […]
जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा […]
४३ स्थानीय तहमा अझै बनेन बजेट
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]
भक्तपुरबाट नडुक्रन पूर्वप्रधानमन्त्री ओलीलाई गृहमन्त्री अर्यालको चेतावनी
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भड्काउने प्रयास ‘अपदस्त भएका’ राजनीतिक पात्रहरुबाट भइरहेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्कित गर्दै भने “अपदस्त भएकाकै कुकर्मले विद्रोह भएको हो, शान्तिप्रिय जिल्ला भक्तपुरमा बसेर नडुक्रनु र हामीलाई हाँक […]
विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन मान्दैन सप्तरी प्रहरी
सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कडरबोनाले विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन नमानेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा प्रहरी निरीक्षक गजेन्द्र राय इन्चार्ज रहेका छन् । घुस नदिँदा कार्यालयले करिब तीन महिनादेखि सडक दुर्घटनासम्बन्धी निवेदन अड्काएर राखेको एक पीडितले जानकारी गराएका हुन्। “फाइल तयार छ तर, विना पैसा हाकिमले […]
मैले मात्र गरेर देश बन्दैन : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले आफूले मात्र गरेर देश नबन्ने बताएका हुन् । सामाजिक अभियन्ता ‘ई’ ले सामाजिक सञ्जालमा गरेको टिप्पणीको जवाफमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। अभियन्ता ‘ई’ ले मेयर शाह, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा […]
माओवादी केन्द्रका सचिव साहले लिए राजनीतिबाट सन्यास
काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिबाट सन्यास लिएका छन् । एक टेलिभिजन अन्तर्वार्ताबाटै उनले सन्यासको घोषणा गरेका हुन् । साह वरिष्ठ बामपन्थी नेता हुन् । नेकपा (संयुक्त)को महासचिव रहेका उनी पार्टी एकीकरण पछी नेकपा माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेश इन्चार्ज रहेका थिए । पूर्व मन्त्री समेत रहेका साहले जेन-जी आन्दोलनको म्यान्डेट […]
जितेन्द्र सोनल बने मधेशको चौथो मुख्यमन्त्री
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ संविधानको धारा १६८ (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि राजीनामा दिएका थिए। सोनलले नेपाली कांग्रेस र नेकपा एमालेबाहेक लोसपा, […]
दाना उद्योगमा दुर्घटना, तीन कामदारको गयो ज्यान
चितवन । चितवनको रत्ननगर–१२ स्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्ता) भत्किँदा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब १० बजेको समयम्मा वाल भत्किएपछि गम्भीर घाइते भएका तीन कामदारको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा चितवनकै खैरहनी नगरपालिका–२ का ४५ […]











