भक्तपुर । रास्वपा नेता एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले खत्रीले भक्तपुरमा डोजर आतंक देखिएकोले त्यो बन्द गरिने बताएका छन् ।
नेपाल प्रेस सोसाइटीको भित्तेपात्रो सार्वजनिक कार्यक्रमलाई सोमबार सूर्यविनायकमा सम्बोधन गर्दै उनले भने, “डोजर छ भन्दैमा जहाँतही कोपर्न हुँदैन ।” नियमबिपरित डोजर लगाई जमिन कोपर्ने सबैलाई कार्वाही हुने उनको दावी छ । उनले सूर्यविनायकमा प्राणी उद्यान बनाउन विशेष पहल भइरहेको समेत जानकारी गराएका छन् ।
निजी मिडियालाई कमजोर नबनाइने बताएका छन् । मिडिया सरकारको प्रतिपक्षी र जनताको आवाज बोल्ने माध्यम भएकोले यसलाई अझ बलियो बनाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको रास्वपा सरकारले निजी मिडियामा सरकारी बिज्ञापन बन्देज गर्ने निर्णयको बचाउ गर्दै खत्रीले बिज्ञापनमा हेरेक वर्ष ३ अर्व भ्रष्टाचार हुनेगरेकाले त्यो रोक्न तत्कालका लागि यस्तो अप्रिय निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिए ।
यो निर्णय लामो नजाने संकेत गर्दै उअले बिधि बनाएर बिज्ञापन कारोबारलाई ब्यवस्थित बनाइने बताए । “मुटुको शल्यक्रिया गर्न छातिमा घाउ नबनाइ हुन्न ।” उनले भने, ” बिज्ञापनका सम्बन्धमा पनि त्यस्तै गर्न खोजिएको हो ।”
सरकारी सञ्चार माध्यम बिज्ञापन नभएर घाटामा नगएका भन्दै उनले पदीय टकराव, कमिसनको खेल र कार्यकर्ता भर्ती केन्द्र भएकै कारण सरकारी सञ्चार माध्यम धरासायी बन्न पुगेका आरोप लगाए । सरकारले सरकारी सञ्चार संस्थामा पनि सुशासनको डण्डा चलाउने खत्रीको भनाइ छ।
कार्यक्रममा भक्तपुर- १ का प्रतिनिधि सभा सदस्य रुकेश रन्जितले प्रदेश र स्थानीय सरकारको समेत सहयोगले मात्र भक्तपुरको समग्र बिकास सम्भव हुने बताए । भक्तपुरको बिकासमा तीनै तहका सरकारले उत्तिकै सक्रियता देखाउनुपर्ने उनको भनाइ छ ।
जिल्ला सभापति रामेश्वर बस्नेतले भक्तपुरका दुबै क्षेत्रमा पार्टी उम्मेदवारले जितेकाले जन अपेक्षा केन्द्रीत कार्यसम्पादनमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले रास्वपा नेतृत्वको सरकारलाई प्रेसमैत्री बन्न सुझाव दिए ।







