सप्तरी । देश आयातमा निर्भर बन्दै जाँदा आर्थिक संकटसँगै देखिएको खाद्य सुरक्षा संकट नियन्त्रण गर्न स्थानीय सरकारको बजेट मात्र पर्याप्त नहुने राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले बताएकी छन्। राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO)को सहकार्यमा आयोजित ‘खाद्य सुरक्षामा युवाको भूमिका’ विषयक विमर्श कार्यक्रममा बोल्दै नगर प्रमुख परविनले खाद्य […]
ननस्टप विशेष
सप्तरीमा १ सय बढी उम्मेदवार
ललिता साह, सप्तरी । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लामा स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी १ सय ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रतर्फ लेखनाथ ठाकुर, रिजवाना खातुन र रामकुमारी रहेका छन्। जनमत पार्टीबाट जयकान्त राउत, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी, […]
सर्लाही-३ मा सादगी नेता श्रेष्ठको उम्मेदवारी, गोरखा जन्मथलो भएपनि कतै छैन घरघडेरी
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। गोरखा जन्मथलो भएपनि आफ्नो कहिँकतै स्थायी घरजग्गा नभएको उल्लेख गर्दै श्रेष्ठले सर्लाहीलाई नै आफ्नै घर ठानेको बताएका छन्।सिंगो देशको हित र विकासका लागि काम गर्न […]
सिन्धुलीमा २८ उम्मेदवारको मनोनयन दर्ता
सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र […]
भक्तपुर १ मा यी हुन् मनोनयन दर्ता गराउने दुई दर्जन उम्मेदवार
भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। यसै क्रममा भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ मा २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय श्रोतका अनुसार भक्तपुर–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ। सबैभन्दा पहिले पुगी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुकेश […]
भक्तपुर १ मा लवजु र २ मा दीपशिखा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । […]
नर्सिङ परिषद सदस्यमा पत्रकार निर्जला कक्षपती नियुक्त
काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ […]
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ । सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् । अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन […]
सिन्धुलीमा सशस्त्र समूहद्वारा नेपाल एसबीआई बैंक लुटपाट
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् । प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। […]
गोरखापत्रको अध्यक्षमा भक्तपुरका भण्डारी
भक्तपुर । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भक्तपुरका भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी लामो समय निजी लगानीका मिडियामा नेतृत्वदायी भूमिकामा सक्रिय रहेका पत्रकार […]











