काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसहित मन्त्रिपरिषद्का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा धेरै मन्त्रीसँग उल्लेख्य मात्रामा सुन रहेको देखिएको छ।
प्रधानमन्त्री शाहले आफूसँग तथा श्रीमतीसँग गरी १९० तोला सुन–चाँदीका गहना रहेको उल्लेख गरेका छन्, यद्यपि सुन र चाँदीको छुट्टै विवरण भने खुलाइएको छैन। उनका अनुसार सामाजिक सञ्जालबाट कमाइ गरेको करिब १ करोड ४५ लाख रुपैयाँ नगद पनि रहेको छ।
प्रधानमन्त्री पछि उद्योगमन्त्री गौरीकुमारी यादब सबैभन्दा धेरै सुन हुनेमा परेकी छन्, उनीसँग १८० तोला सुन रहेको छ। गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रममन्त्री रामजी यादबसँग ८० तोला र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ।
अन्य मन्त्रीहरूसँग पनि ५ देखि ३० तोलासम्म सुन रहेको देखिएको छ। समग्रमा सार्वजनिक विवरणले मन्त्रिपरिषद्का सदस्यहरूबीच सुनको मात्रा उल्लेख्य रहेको देखाएको छ।
सम्पत्तिको हिसाबले शिक्षामन्त्री सस्मित पोखरेल सबैभन्दा अगाडि देखिएका छन्। उनले करिब २३ करोड ४१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन्।







