काठमाडौ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेपछि निर्वाचन आयोगलाई नयाँ मतदाता नाम संकलन गर्ने बाटो खुलेको छ। अघिल्लो कानुनअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो। मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ अनुसार चुनावको […]
ननस्टप विशेष
अङ्ग प्रत्यारोपण केन्द्रमा १२ वर्ष बढी नेतृत्व गरेका डा श्रेष्ठको बिदाइ
भक्तपुर । शून्यबाट सुरु भएको एउटा सानो प्रयास, एउटा टेबल र एउटा कुर्सीबाट सुरु भएको सेवा आज देशकै सबैभन्दा प्रतिष्ठित प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भएको छ । यो असम्भवलाई सम्भव बनाउने व्यक्तित्व हुन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ । १३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा […]
शिक्षामन्त्री पुन आफैंमा पाठशाला, मन्त्रालयमै लगाए बिस्तारा
काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो प्रतिबद्धता व्यवहारमै उतारेका छन् । पदभार ग्रहण गरेको पहिलो दिनमै “जहाँ काम गर्छु, त्यही बस्छु” भनेर घोषणा गरेका पुन मंगलबारदेखि शिक्षा मन्त्रालयकै भवनमा स्थायी बसाइँ थालेका हुन् । केशरमहलस्थित मन्त्रालय परिसरभित्रै मन्त्रीका लागि छुट्टै कोठा खाली गरी भान्छा र सुत्ने कोठाको व्यवस्था मिलाइएको छ । […]
जेनजी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड बिमा रकम दाबी, कस्को कति
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी […]
शैलपुत्री : धैर्य र सत्यकी देवी, यस्ता छन् पूजाविधि र प्रसन्न पार्ने उपाय
काठमाडौं ।आज बिहानबाट देशभरका मठ–मन्दिर र घर–घरमा विशेष शान्ति छाएको छ । माटोको घटमा जमरा रोपिँदै, दीपको उज्यालो बालिँदै र वैदिक मन्त्र गुञ्जिँदै नवरात्रिको यात्रा आरम्भ भएको छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, र यस दिन देवी दुर्गाको पहिलो रूप शैलपुत्रीको पूजा–आराधना गरिन्छ । शैलपुत्री : धैर्य, सत्य र शुद्धताको प्रतीक शैलपुत्री, जसको नाममै […]
माओवादी केन्द्र आन्दोलनको भाव पक्रने पहिलो पार्टी : मंसिरमा विशेष महाधिवेशन, चुनावबाट नेतृत्व चयन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जेन-जी आन्दोलनले उठाएको भावनाअनुसार अघि बढ्ने पहिलो राजनीतिक दल बनेको छ । पार्टीको पदाधिकारी बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय सबै कमिटी भङ्ग गर्दै आउँदो मङ्सिरमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार बसेको पदाधिकारी बैठकले असोज ८ गते […]
डिपी ढकालको प्रश्न- महानगर जलिरहँदा पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?
भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए । ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक […]
निमन्त्रणामा नयाँ नेतृत्व, न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित
भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल […]
आन्दोलनको बहानामा पाँच तले मन्दिर ध्वस्त पार्ने षडयन्त्र थियो : विजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे । गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार […]
आन्दोलनमा षडयन्त्र देखिएको प्रचण्ड दावी, स्वतन्त्र छानबिनको माग
काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे । […]











