जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ८१ अर्ब बढी शुल्क, कसको कति?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]

सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन

सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]

नेपाल प्रहरीमा ३५ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका ३५ जना अधिकृत दर्ज्यानी चिन्हले सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना […]

स्वस्तिकले सर्वसाधारण लगानीकर्ताका लागि यसै महिना आईपीओ खोल्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई अवसर दिइँदैछ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ […]

सम्भावना होइन, पहिचान बन्दै चाँगुनारायणमा एभोकाडो सिटी अभियान- प्रचण्डले समापन गर्ने

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ को सपना साकार बन्दै गएको छ। ‘एक घर, दुई बोट एभोकाडो’ नारासहित सुरु गरिएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अहिले आफ्नो तेस्रो तथा अन्तिम वर्षमा थप सक्रियताले सफलतातर्फ अघि बढिरहेको हो । तेस्रो चरणको वृक्षारोपण कार्यक्रम चाँगुनारायण–८ चरेलीबाट शुरु भएको थियो । यस क्रममा अघिल्लो वर्ष एभोकाडो बिरुवा नपाएका […]

सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]

कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]

ज्यान लिएर फरार पिकअप र चालक पक्राउ

बारा । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ। ठक्करबाट नेपाल प्रहरीका एकजना पूर्व असईको मृत्यु भएको छ। दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र  फरार चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालक  मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ टोल निवासी ईन्द्र […]

मिडिया काउन्सिल विधेयकमा प्रेस सेन्टरको विरोध, संशोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको जनाएको छ। महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा विधेयकका केही प्रावधानहरू प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै सच्याउन आग्रह गरिएको छ। साथै, पदाधिकारी नियुक्ति प्रक्रियादेखि पत्रपत्रिका वर्गीकरण, प्रेस प्रतिनिधि परिचय पत्र वितरण र संरचनागत […]

कांग्रेसका सहमहामन्त्री भन्छन्- पटकपटक मन्त्री बन्न पाइदैन, अब नयाँलाई दिनुपर्छ

भक्तपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]