भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । केदारचोकमा डेरा गरी बस्ने मोरङ कानेपोखरी-३ का ३० वर्षिय शरण राईलाई प्रहरीले दस ग्राम ब्राउन सुगरसहित सोमबार अपराह्न नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई लागूऔषध कारोबारी समेत रहेका प्रहरीको आरोप छ । प्रहरी वृत्त थिमिका डिएसपी नवराज […]
ननस्टप विशेष
रौतहटमा सुटकेशभित्र भेटिएकी महिलाको पहिचान खुल्यो
रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना(माइतीको) माधवनारायण–६ मधोपु र घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले […]
भारत–चीनबीच सम्झौता नेपालको सार्वभौमिकता माथि हस्तक्षेप : माओवादी केन्द्र
धनगढी । भारत र चीनबीच हालै भएको सम्झौतामा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति हुनु नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जनाएको छ। प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव गिरिराजमणि पोखरेलले एक प्रेस नोट जारी गर्दै लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारतको सहमति आफूहरूलाई अस्वीकार्य रहेको […]
मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता
दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]
ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड
सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ । मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै […]
गोरखापत्रलाई सरकार सेवक होइन, राष्ट्रसेवक बन्न प्रेस सेन्टरको सुझाव
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई सरकारको सेवक नभई राष्ट्रसेवक बन्न सुझाव दिएको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्रको न्यूजरुम र व्यवस्थापन दुवै पक्षलाई सुझाव प्रस्तुत गरेको हो। न्यूजरुमलाई दिइएका सुझावमा गोरखापत्रलगायतका प्रकाशनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्ने, आवाजविहीनको वास्तविक […]
दलदलमा दुई तिहाइको सत्ता गठबन्धन, उपसभामुख हटाउन असफल
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी अन्तिम क्षणमा असफल भएको छ। नेपाली कांग्रेस र एमालेले आज दिउँसो १ बजे संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने योजना बनाए पनि कांग्रेसभित्रैको असहमतिको कारण उक्त प्रयास अघि बढ्न सकेन। यसअघि दुवै दलले बिहान संसदीय दल को आकस्मिक बैठक बोलाई सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। […]
रहेनन् नेपाली कांग्रेसका त्यागी नेता एवं समाजसेवी नायक कोइराला
सर्लाही । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका सेनानी बासुदेव शरण कोइरालाको निधन भएको छ । विपी कोइरालाका सहकर्मीसमेत रहेका नेपाली कांग्रेसका अग्रज नेता एवं नेपाल किसान संघका पूर्व अध्यक्ष उनको मंगलवार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीको लालबन्दी-२ जुटपानीमा आफ्नै निजी सम्पतिबाट आफ्ना बुवाआमाको सम्झनामा पद्मभुवनेश्वरी नमूना बृद्ध सेवाश्रम स्थापना गरी समाजसेवामै जीवन […]
करारका कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश
काठमाडौ । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश दिएको छ। सरकारी कार्यालयका करार कर्मचारीमाथि विभेद भएको भन्दै दायर गरिएको रिटमाथि सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटा लगयतले गत असारमा करार कर्मचारीहरूले पनि महँगी भत्ता […]
सर्वोच्चको परमादेशविरुद्ध सप्तरीमा प्रदर्शन
सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]











