“उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन”

खस्यौली, २७ कात्तिक । रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए । सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला […]

वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट, २६ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरूको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]

नेपालमा सुरु भयो नवौँ विश्व रेन्जर सम्मेलन

चितवन, २६ कात्तिक । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो […]

ख्याल गर्नुस तपाईको बैंक खाताबाट लुटिएलाः साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको वारेन्ट

काठामडौं, २५ कार्तिक । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । प्रहरीको माग अनुसार काठमाडौ जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ […]

नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २५ कात्तिक । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ […]

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

शाङ्घाई, २५ कात्तिक । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए । चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” सिङ्गल्स डे नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस […]

चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान

चितवन, २५ कात्तिक । जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा रहेको प्रतिष्ठानमा एक लाख चार हजार ६२७ जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष संलग्न जनशक्तिको तथ्याङ्क […]