ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ, ३ मङ्सिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५र७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५/७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड […]

बढ्यो सुनको मूल्य फेरी

काठमाडौं, ३ मंङसिर । नेपाल सूनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूनको मूल्यमा सोमबारभन्दा मंगलबार बृद्धि भएको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७२ हजारमा कारोबार भैरहेको छ । सोमबार सोही सुन ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको थियो । मंगलबार […]

गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र बिक्रि गर्ने, यस्ता छन लगानीकर्तालाई फाइदा

गुडविल फाइनान्स कम्पनी लिमिटेडले ऋणपत्र डिबेन्चर निष्काशन गर्ने भएको छ। फाइनान्सले ७ बर्ष अवधि भएको २५ करोड रुपैयाँ बराबरको १२ गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो। एक हजार अंकित मुल्यको दुई लाख ५० हजार कित्ता ऋणपत्रको ६० प्रतिशत निजि संस्थाको लागि छुट्याइएको छ भने बाँकी ४० प्रतिशत अर्थात १ लाख कित्ता […]

फेरी संसारकै सबैभन्दा धनी बिल गेट्स

एजेन्सी, २ मंसिर। संसारमा सबैभन्दा बढी धनी मानिसको सूची सार्वजनिक गरिएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । १ सय १० अर्ब अमेरिकी डलरका साथ गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । ६४ वर्षीय गेट्सको नेपालीमा हिसाब गर्ने हो भने १ सय […]

प्लान्ट क्वारेन्टाइनको अवरोधले एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै भएन

बाँके, २ मङ्सिर । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६ असोज १४ गते राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका जडीबुटीको निकासी खुल्ने […]

हिमाली भेगका तामा, स्लेट लगायतका बहुमुल्य खानीमा किन ध्यान दिँदैन सरकार

गलेश्वर, २ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली […]

व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन

काठमाडौँ, १ मङ्सिर । सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समयसापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्नसक्ने गरी प्रविधिमैत्री बनाउन लागिपरेको सरकारले जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय सङ्घीयता कार्यान्वयनसम्बन्धी र करसँग सम्बन्धित सबै कानुनको व्यवस्थापन गरिसक्ने जानकारी दिँदै भने, “व्यावसायिक वातावरण […]

रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो

चितवन, २९ कात्तिक । रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । […]

१६ लाख राजश्व सङ्कलन

खलङ्गा, २८ कात्तिक । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ […]

सुनको भाउ बढ्ने क्रम जारी, बुधबार कतिमा हुँदैछ कारोबार?

काठमाडौँ २७ कात्तिक । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार फेरि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँ नै बढेर […]