दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेको छ। ०.७० प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको हो ।

सोमबारको बजारमा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रूपैयाँको सेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा आज कारोबार रकम ७८ करोड रूपैयाँ कम हो। ३१० वटा धितोपत्रको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त

कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ९५१ रूपैयाँ ५० पैसा र ३६३ रूपैयाँ कायम भएको छ।

यस्तै, समाज लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६९३ रूपैयाँ ७० पैसा पुगेको छ।

स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.७८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ८३९ रूपैयाँ कायम भएको छ।

यस्तै, विशाल बजारको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३ हजार ६७२ रूपैयाँ कायम भएको छ।

सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६८६ रूपैयाँमा १८ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४५ रूपैयाँमा १५ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ। अन्य समूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशतले घटेको हो।

Loading...