क्यासिनो माजोङ्गका संचालक श्रेष्ठलाई मुम्बईमा सम्मान

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                                                                        भारतको मुम्वईमा शुक्रबार सम्पन्न सातौं हस्पिट्यालिटी इण्डिया ट्राभल अवार्ड समारोहमा नेपालको क्यासिनो माजोङ्र्का अध्यक्ष श्रेष्ठलाई सो अवार्ड बाट सम्मानित गरिएको आयोजकले जनाएको हो ।

भारतका सामाजिक न्याय तथा अधिकार मन्त्रालयका राज्य मन्त्री श्रीरामदास भारतीय लोकसभाका संासद आनन्द गण्पत सावन्त, सुनिल चोप्रा (पुर्व मेयर, लन्डन) लगायतको विशेष आतिथ्यतामा अवार्ड बितरण क्रार्यक्रम सम्पन्न भएको आयोजकको भनाइ छ ।

कार्यक्रममा Hospitality India Coffee Table Book विमाेचन गरिएको थियो । पुस्तकले भारत तथा बिश्वका हस्पिटालिटी क्षेत्रलाई जोड्ने प्रकाशकको जिकिर छ ।  क्यासिनो माजोङ्गका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिनोद श्रेष्ठको अन्तर्वार्ता रहेको उक्त पुस्तकमा अध्यक्ष श्रेष्ठले नेपालको पर्यटन र क्यासिनोको बिकासबारे बताएका छन् ।

क्यासिनो माजोङ्गका प्रवन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन ब्यवसायमा आबद्द छन् । क्यासिनो, होटेल तथा रिजोर्टस्, ट्राभल एन्ड टुरिजम लगायतका ब्यवसायमा उनको लगानी रहेको छ।

उनको नेतृत्वमा रहेको क्यासिनो माजोङ्गले नेपालमा बिदेशी पर्यटक बढाउन उल्लेखनीय भूमिका खेलिरहेको बताइन्छ ।भारतको नयाँ दिल्लीमा आयोजित हस्पिटालिटी अवार्ड बितरण समारोहमा माजोङ्गले यस अघि सन् २०१८ मा बेस्ट क्यासिनो इन नेपाल र २०१९, २०२२ र २०२३ मा लगातार ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को अवार्ड समेत पाइसकेको क्यासिनो ब्यवस्थापनले बताएको छ ।

Loading...