भक्तपुर नगर प्रमुखले पत्रकार बोलाएर दिए यस्तो बिज्ञप्ती

पत्रकार मित्रहरु, नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा सातवटा विश्व सम्पदाहरु छन् । त्यसमध्येको एक हो भक्तपुर दरबार क्षेत्र । भक्तपुर कला र संस्कृतिले सम्पन्न नगर हो । दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र […]

नेपाल बैंक डिल्लीबजार पूर्वशाखाका प्रबन्धक पक्राउ

काठमाडौं, १४ पुस । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी […]

स्नातक सकेर कामविहीन बसेकालाई अब राष्ट्रिय बाणिज्य बैंकले काम दिने

काठमाडौ १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं।् १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो । प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ […]

स्वास्थ्य र शिक्षाको क्षेत्रमा ५७ करोड बजेट रकमान्तर

जनकपुरधाम, ११ पुस । प्रदेश नं २ मा स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको रकम भौतिक पूर्वाधार निर्माणमा रकमान्तर गरेपछि अन्योलको अवस्था सिर्जना गरिएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा विनियोजन गरिएको रु ५७ करोड रकम रकमान्तर गरी भौतिक पूर्वाधार निर्माणमा खर्च गरेको जानकारी दिइयो । […]

सहकारी संस्थालाई एकीकरण गर्ने कार्यलाई तीव्रता दिँदै महानगरपालिका

काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर […]

ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज प्रतितोला?

काठमाडौँ, ११ पुस । बिहिबारको बजारमा छापावाला सुनको मुल्य ७२ हजार ८ सय रहेकोमा आज ५ सय रुपैँयाले बढेर तोलाको ७३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि बिहिबार तेजावी सुन ७२ हजार ५ मूल्यमा कारोबार भएकोमा आज ५ सय रुपैँयाले बढेर प्रतितोला ७३ हजार रुपैँयामा कारोबार भइरहेको छ । आजको बजारमा सुनको […]

६०० को दरले बेचेर दोब्बर आम्दानी: अलैंची कृषक

भक्तपुर, ८ पुस । लमजुङस्थित किसानहरुले गत वर्षको तुलनामा अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्। अलैंची खेती गरेकाले यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका बताउने कृषकहरुले यो वर्ष दुई हजार क्विन्टल अलैंची बेचेको र […]

नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा योजना

भक्तपुर, ७ पुस । नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी सो योजना सार्वजनिक गरिएको हो । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा बैंकले यो योजना ल्याएको जनाएको छ । बैंकले […]

फेरि बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ, ७ पुस । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि […]

विद्युत् चुहावटलाई ११ प्रतिशतमा झारिने

भक्तपुर, ७ पुस । नेपाल विद्युत प्रधिकरणले चुहावटलाई क्रमश स् ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ । प्रधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई घटाउने भएको हो ।आर्थिक वर्ष आव २०७५र७६मा सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको १३.६९ प्रतिशत थियो । सो विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने […]