तरकारीको भाउ गत वर्षको तुलनामा ३४४ प्रतिशतसम्म महँगो

काठमाडौँ, १० माघ। असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार […]

उखु मिलको कारोबार रोक्का गर्न राजश्व विभागलाई निर्देशन

काठमाडौं, ९ माघ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ । लामो समयदेखि किसानको भुक्तानी नदिएका उद्यमीलाई पक्राउ गर्नेदेखि आर्थिक कारोबार रोक्कासम्मको कदम चालिएको सरकारले जनाएको छ । सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । उखु […]

भ्रष्टाचारको सूचीमा नेपालको स्थान सुधार, भ्रष्टाचार कम हुने देशमा डेनमार्क

काठमाडौं, ९ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा […]

एनसेलले ल्यायो नेपाल घुम्न आउने पर्यटकका लागि टुरिष्ट सिम

काठमाडौं, ८ माघ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल […]

बढ्यो रेट्यिान्स, ५ महिनामा ४ खर्ब भित्रियो

काठमाडौं, ८ माघ । नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो । वैदेशिक रोजगारका लागि सरकारले व्यक्तिगत तर्फ […]

घट्यो आज मूल्य, हेर्नुहोस् प्रतितोला कति भयो?

काठमाडौँ, ८ माघ । केहि महिना देखि उच्च भाउमा उकालो लागेको सुनको मूल्य आज २ सय रुपैँयाले घटेको छ । मंगलबार छापावाला सुन ७५ हजार रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७४ हजार ८ सय मूल्यमा कारोबार भैरहेको छ । त्यस्तै, मंगलबार तेजाबी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज […]

नेप्सेमा मंगलबार लाग्यो उकालो

काठमाडौं, ७ माघ । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ […]

करको सास्तीमा सर्वसाधारण, एउटा खसीको कर एक सय

बैतडी, ६ माघ । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले […]

काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

सिटिजन्स बैंकको नाफा ६८ करोड ७७ लाख रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये नै पहिलोपटक वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले यो अवधिमा ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो । यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष सो […]