लगातार परेको पानीले नौ करोडको इँटा नष्ट

भक्तपुर, ५ माघ। दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्। उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति […]

लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति

पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]

ग्यास खपत एक दशकमा चार गुणा बढ्यो

काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ […]

चुहावटमा गएको कर रकम ७ अर्बभन्दा बढी भएको आधिकारिक अनुमान

काठमाडौं, २ माघ। दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्बन्धि विवादको सुनुवाइ पुस २७ आइतबारबाट सर्वोच्च अदालतमा सुरू भई भोलीपल्ट सोमबार फैसला भयो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, महेश बानियाँ, होटल एभरेष्ट इन्टरनेशनलको सुनुवाइ आइतबारबाट सुरू भएको थियो । आन्तरिक राजस्व कार्यालय, […]

सुन चाँदीको मूल्य आज यथावत

काठमाडौँ, २ माघ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा […]

नेप्से २० अङ्कले लाग्यो उकालोतिर

काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]

नेपाल आयल निगमले कमायो आठ अर्ब ७५ करोड नाफा

काठमाडौँ, कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड करपछिको मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ […]

सेञ्चुरी बैंकले गर्यो बालबालिकाहरुका लागि न्यानो कपडा वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाइदै

चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने […]

निकै गुणस्तरयुक्त भएको कारण कफीको माग विदेशमा बढि

दमौली, २८ पुस । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताए । विगत एक दशकदेखी […]