सुकुमबासी व्यवस्थापनमा ३५ वर्षअम्म हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे । उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले […]

मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार अयोगले जेनजी आन्दोलनको विषयमा तयार पारेको छानबिन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइनसकेको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनबारे तयार पारेको छानबिन प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइनसकेको बताएका हुन्। […]

प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले के-के भने ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् । लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित भएका हुन् । त्यस क्रममा प्रधानमन्त्री शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको […]

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ […]

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२ गतेको बैठकबाट नियमावली पारित गरिएको हो । यसअघि २०८२ वैशाख ३० गतेको बैठकबाट पहिलो पटक नियमावली […]

आर्सनललाई पेनाल्टीमा हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिग

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो। आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो। खेलको पाँचौं मिनेटमा काई हार्भेजले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए। ६१ मिनेटमा पिएसजीले […]

बजेटबारे के भन्छन् पूर्व अर्थराज्यमन्त्री राणा

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीगत खर्चभन्दा धेरै ऋण थपिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । पूर्वअर्थराज्यमन्त्री राणाले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्नुहुँदै बजेटमार्फत सार्वजनिक ऋण २२.४१ प्रतिशतले वृद्धि गरिएको भए पनि उत्पादन, रोजगारी सिर्जना तथा व्यापार घाटा न्यूनीकरण गर्ने […]

काठमाडौंमा खुर्सानीको धुलो फ्याँकेर लुटपाट गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ । प्रहरीले गोली प्रहार गरी डकैती तथा लुटपाटका अभियुक्त गणेश कार्कीलाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा डाँका चोरी गरेको आरोपमा कार्कीलाई प्रहरीले शनिबार बेलुका साढे ९ बजे जडिबुटी क्षेत्रबाट गोली हानेर पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि आक्रमण गरेपछि उनको बायाँ खुट्टामा गोली प्रहार […]

रेडक्रसको प्राथमिक उपचार तालिम सम्पन्न, २३ जना प्रशिक्षित

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको आयोजनामा चाँगुनारायण नगरपालिका–२ स्थित त्रिपुरासुन्दरी मन्दिर सामुदायिक भवनमा सञ्चालन गरिएको चार दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। जेठ १३ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न विद्यालयका शिक्षक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिसहित २३ जनाले सहभागिता जनाएका थिए। तालिममा प्राथमिक उपचारका आधारभूत सिद्धान्त, दुर्घटना व्यवस्थापन, रक्तस्राव नियन्त्रण, […]

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भैसकेको छ । अधिकारीलाई थुनछेक प्रयोजनको लागि […]