रेडक्रसको प्राथमिक उपचार तालिम सम्पन्न, २३ जना प्रशिक्षित

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको आयोजनामा चाँगुनारायण नगरपालिका–२ स्थित त्रिपुरासुन्दरी मन्दिर सामुदायिक भवनमा सञ्चालन गरिएको चार दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

जेठ १३ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न विद्यालयका शिक्षक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिसहित २३ जनाले सहभागिता जनाएका थिए।

तालिममा प्राथमिक उपचारका आधारभूत सिद्धान्त, दुर्घटना व्यवस्थापन, रक्तस्राव नियन्त्रण, हाडजोर्नीसम्बन्धी चोटपटकको उपचार, सिपिआर (CPR) लगायत जीवनरक्षासम्बन्धी सीपहरू सिकाइएको थियो।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले प्राथमिक उपचारको ज्ञान समाजप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताए।

जिल्ला शाखाका मन्त्री धर्मराज कार्की र चाँगुनारायण–२ का वडाध्यक्ष सोम प्रसाद प्रधानले तालिमले समुदायलाई सुरक्षित र सक्षम बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

तालिम संयोजक तथा प्रशिक्षक ऋषिराज खड्का को नेतृत्वमा प्रशिक्षकहरूले व्यवहारिक अभ्याससहित प्रशिक्षण दिएका थिए।

कार्यक्रमका वक्ताहरूले तालिमबाट तयार भएका २३ प्रशिक्षित स्वयंसेवक समुदायमा आपत्कालीन अवस्थामा प्रभावकारी रूपमा परिचालित हुने विश्वास व्यक्त गरेका सामाजिक अभियन्ता नवराज काफ्लेले जानकारी गराए ।