काठमाडौं, २१ बैसाख । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले देशभर बृहत मशाल जुलुस निकालेको छ । बन्दको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशभर मशाल जुलुस निकालिएको सो पार्टीले जनाएको छ । नेकपाका कार्यकर्ता मशाल दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । सरकार चरम फासिवादी बन्दै गएको भन्दै […]
समाचार
यातायात व्यवसायीमाथि हदैसम्म निर्मम बन्यो सरकार, गर्यो यति कठोर निर्णय !
काठमाडौं, २१ बैसाख । सिण्डिकेटधारी यातायात व्यवसायीहरुमाथि सरकार हदैसम्मको निर्मम बनेको छ । शुक्रबारदेखि व्यवसायीहरुले देशभर यातायात ठप्प पारेपछि सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो […]
देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन
काठमाडौं, २१ बैसाख । सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। । मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र […]
ज्ञापनपत्र बोकेर वीना मगर आफै आएपछि प्रधानमन्त्री ओली तिनछक
काठमाडौं, २१ बैसाख । बिहिबार हातमा ज्ञापन पत्र बोकेर वीना मगर आफै आएको देखेर प्रधानमन्त्री केपी ओली एकछिन तिनछक परे । खानेपानी मन्त्री मगर सीमाक्षेत्रमा भारतीयपक्षबाट बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्रीकहाँ पुगेकी हुन । पाँच बुँदे माग बोकेर मन्त्री मगरसहित, पूर्वमन्त्री लेखराज भट्ट, ७ नम्बर […]
वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन
काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]
डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने
काठमाडौं, २१ बैसाख । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् । जसअनुसार आगामी एक […]
कम्पनीका गाडीलाई सरकारी सुरक्षा
काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
आईपीएल : चेन्नेईलाई हराउँदै कोलकाता तेस्रो स्थानमा
काठमाडौं, २१ बैसाख । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्स चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै, फाफ डुप्लिसिसले […]
युरोपा लिगको फाइनलमा पुग्यो एथ्लेटिको मड्रिड
काठमाडौं, २१ बैसाख । एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो । पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा […]
ओली-प्रचण्डबीच आज निर्णायक वार्ता
काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले […]










