चन्द्रागिरीमा प्रेसर कुकर बम विस्फोट हुँदा दुई घाइते

काठमाडौं, १२ जेठ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, मा प्रेसर कुकर बम विष्फोट भएको छ । चन्द्रागिरी नगरपालिका वार्ड नं. ३ काे इँटाभट्टा चोकमा उक्त विष्फाेट भएकाे हाे ।

विष्फाेटमा परी २ जना घाइते भएका छन् । प्रहरीले प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा बाटाेमा नै विष्फोट भएको दावी गरेकाे छ । प्रहरीले विष्फोटमा परेर घाइते हुने एक जना आकाश लामा रहेकाे र अर्का व्यक्तिको पहिचान नभएको जनाएकाे छ । घाइते अवस्थामा भेटिएका उनीहरू दुबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ ।

आइतबार दिउँसो मात्र राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको थियो । विष्फोटमा ४ जनाको मृत्यु भएको थियाे भने ५ जना घाइते थिए । साेमवार घाेषणा गरिएकाे नेपाल बन्दका लागि नेकपाले तयारी गर्दै गर्दा यी विष्फाेटका घटनाहरु भएकाे प्रहरीले दावी गरेकाे छ ।

यसैबीच ललितपुरकाे लगनखेलमा पनि शंकास्पद वस्तु फेला परेकाे छ । प्रेसर कुकरजस्ताे उक्त शंकास्पद बस्तु वम भएकाे भन्दै केहीबेर साे क्षेत्रमा ठूलाे त्रास उत्पन्न भएकाे थियाे ।

बाटाेमा प्रेसर कुकर वम भएकाे खबर गरिएपछि नेपाली सेनाकाे टाेलीले उक्‍त शंकास्पद वस्तु डिस्पोज गरेको थियाे । प्रहरीले लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरेकाे थियाे । सेनाको टोलीले अाइतबार साँझ साढे ७ बजे उक्त वस्तु डिस्पोज गरेको हाे ।

त्यसैगरी ललितपुरकै ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु भेटिएको थिए । त्यसतर्फ पनि नेपाली सेना र प्रहरीकाे टाेली पुगेकाे प्रहरीले जनाएकाे छ ।

Loading...