काठमाडौं नरेफाँटबाट विप्लवका ७ कार्यकर्ता पक्राउ

काठमाडौं, १२ जेठ । काठमाडाैंकाे नरेफाँटबाट नेपाल कम्युनिस्ट पार्टीका ७ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ परेकाे छ । काेटेश्वर र बालकुमारीभन्दा पूर्वी भागमा रहेकाे नरेफाँटबाट उनीहरुलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुलाइ सशस्त्र प्रहरीले पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली रहेका छन् । सशस्त्र प्रहरी बल, हल्चोका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले अर्का एक व्यक्तिकाे अझै नाम नखुलेकाे जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीले पक्राउ पश्चात उनीहरुलाइ महानगरीय प्रहरी वृत्त, बोनश्वरमा बुझाएकाे थियाे । उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको प्रहरीले जनाएकाे छ ।

आइतबार दिउँसो मात्र राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको थियो । विष्फोटमा ४ जनाको मृत्यु भएको थियाे भने ५ जना घाइते थिए । साेमवार घाेषणा गरिएकाे नेपाल बन्दका लागि नेकपाले तयारी गर्दै गर्दा यी विष्फाेटका घटनाहरु भएकाे प्रहरीले दावी गरेकाे छ ।

Loading...