सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट भएको छ । महेन्द्र राजमार्गबाट ६ किमि दक्षिणमा अवस्थित नगर कार्यपालिकाको कार्यालयमा बम बिस्फोट भएको हो ।

गए राती आल्मुनियमको बट्टामा विस्फोटक पदार्थ राखेर रातको करीव साढे ११ बजेको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन । कार्यालय भवनमा सामान्य क्षती भएको नगरपालिकाकी उपप्रमुख रेणुका काफ्लेले बताइन् । बिस्फोटबाट कार्यालयको पर्खाल भत्किएको र झ्यालका सिसाहरु फुटेको उनले जानकारी दिइन् ।

अज्ञात समुहले उक्त बिस्फोट गराएको बताइएको छ । बिस्फोटमा संलग्नहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

यसबीच, आज नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको सर्लाहीमा आंसिक प्रभाव परेको छ । लामोदुरीका यातायात संचालनमा छैनन् भने सडकमा फाट्टफुट्ट मात्र सवारी साधन चलेका देखिन्छन् । शैक्षिक सस्थाहरु पूर्ण रुपमा बन्द रहेपनि बजार भने आंसिक रुपमा खुलेका छन् ।

Loading...