ललितपुर । ललितपुर प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने एक बाबुलाई पक्राउ गरेको छ । सोमबार उनलाई धोविघाटस्थित घरबाट पक्राउ गरिएको हो । प्लस टु पढ्ने १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा उजुरी परेपछि बाबु पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले पुष्टी गरेको छ । महोत्तरी स्थायी ठेगाना भै हाल ललितपुर धोविघाट बस्दै आएका […]
समाचार
हुवाई ‘हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ’
काठमाडाैं । चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि “कुनै अवाञ्छित काम” गर्न नभनेको बताए। बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको […]
पाइलटहरुले हेलचेक्राई गरेको समाचार पूर्णतः भ्रामक र कल्पोलकल्पित – नेपाल वायुसेवा निगम
जेष्ठ २८ , काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल््कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पु¥याउने भएको निष्कर्ष सहित त्यसको पूर्ण खण्डन गरेको छ । निगमले प्रेस बिज्ञप्ति मार्फत भन्यो ‘ उडानको क्रममा आइआरएस (IRS), […]
उमावि, राहत र अनुदान शिक्षक कोटालगायतका दरबन्दीलाई स्थायीमा रुपान्तरण गरिने
काठमाडौं । सरकारले तत्कालिन उच्च मावि साथै हालका राहत र अनुदान शिक्षक कोटालगायतका दरवन्दीलाई स्थायी शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने भएको छ । शिक्षा मनत्रालयले तयार गरीरहेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो ।हाल राहत शिक्षकको दरबन्दी ३८ हजार ३७७ र अनुदान कोटाको दरबन्दी ६ हजार रहेको छ । तत्कालिन उच्च […]
भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री सवार झण्डावाल गाडी नै खोलामा गाडियो
स्याङ्जा । संयोग पनि कस्तो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै गाडी खोलामा डुब्न पुग्यो । राजधानीबाट पुल शिलान्यास गर्न स्याङ्जा आएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खाेलामा डुबेको हो । अर्जुन चौपारी गाउँपालिका-३ स्थित दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ सवार गाडी सोमबार खोलाको दहमा डुबेको थियो । […]
दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको खेल वर्षाका कारण रद्द, दुबैले अंक बाँडे
काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्द भएको छ । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि खेल शुरु हुन सकेन र दुबैले १–१ अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]
अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराज सिंहको सन्यास
एजेन्सी । भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन् । मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको […]
पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ
एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूले पूर्वराष्ट्रपति जरदारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेका हुन् । उता, जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले सरकारमाथि राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ । जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् र उनले भ्रष्टाचारकै अभियोगमा विगतमा पनि कैयौँ वर्ष […]
गुपचुपमा २३ दिनमै खरिद नियमावली फेरि संशोधन, ठूलो आर्थिक चलखेलको आशंका
काठमाडौं, २७ जेठ । भ्रष्टाचारको मुद्दा चलिरहेका ठेकेदारहरुलाई ठेक्का प्रक्रियामा सहभागी हुन नसक्ने गरी संशोधन गरिएको सार्वजनिक खरिद नियमावली गोप्य रुपमा पुनः सच्याइएको छ । यसअघि सरकारले सार्वजनिक खरिद नियमावलीमा छैटौ संशोधन गरेको थियो । तर, २३ दिन नबित्दै सरकारले सातौ संशोधन गरेको छ । छैटौ सशोधन गरिएको २३ दिन पनि नबित्दै भित्रभित्रै गुपचुप रुपमा […]
सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु
सिन्धुली, २७ जेठ । सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । सिन्धुलीको मरिण गाउँपालिका वार्ड नं. २ मुंग्रेमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मरिण गाउँपालिका वार्ड नं. ४ मरुवाका १३ वर्षीय बालक सुकमान जिम्वा र वार्ड नं. ३ का १४ वर्षीय सागर माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी […]











