सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु

सिन्धुली, २७ जेठ । सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका वार्ड नं. २ मुंग्रेमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मरिण गाउँपालिका वार्ड नं. ४ मरुवाका १३ वर्षीय बालक सुकमान जिम्वा र वार्ड नं. ३ का १४ वर्षीय सागर माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाएको छ । उक्त दुर्घटनामा परी मरिण गाउँपालिका– ३ का १४ वर्षीय बालक अभिषेख माझी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंहले जिल्लाको मुंग्रेबाट सखौरीतर्फ आउँदै गरेको अनटेस्ट ट्याक्टर सोमबार होटौडा–चतरा सडकखण्ड अन्तरगत मुंग्रेमा अनियन्त्रित भई दुर्घटना परेको जानकारी दिए ।

ट्याक्टरका चालक स्याम माझी दुर्घटना लगत्तै भागेको बताइएको छ । मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपीलाकोटमा ल्याइएको छ । साथै घाइते भएका अर्का बालकको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Loading...