पाइलटहरुले हेलचेक्राई गरेको समाचार पूर्णतः भ्रामक र कल्पोलकल्पित – नेपाल वायुसेवा निगम

 

जेष्ठ २८ , काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल््कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पु¥याउने भएको निष्कर्ष सहित त्यसको पूर्ण खण्डन गरेको छ ।
निगमले प्रेस बिज्ञप्ति मार्फत भन्यो ‘ उडानको क्रममा आइआरएस (IRS), जहाजको पोजिसन र नेभिगेसन सिष्टममा ठीक भए÷नभएको देखाउने कम्प्यूटर डाटावेस प्रणाली सुचारु गरेर नै टयाक्सीवेमा लगिएको थियो र ट््याक्सी (Taxi Way) मा नै रोकेर आइआरएस (IRS) सुचारु गरेको कुरा सत्य होइन ।’
निगमका पाइलटहरु आफ्नो दायित्व प्रति पूर्ण सचेत हुनुका साथै पूर्ण दक्ष भएकोले ट््याक्सी–वेमा (Taxi Way)  आफ्टर स्टार्ट चेक लिष्ट (After Start Check List)  र (Flight Control Check) फ्लाइट कन्ट्रोल चेक गर्नको लागि केही समय रोकिएको थियो । यसमा प्रि फ्लाईट चेक लिष्ट (Pre Flight Check List) र एस््ओपी (SOP- Standard Operating Procedure) पूर्णरुपमा पालना गरिएको छ । ‘

एटीसीले (ATC)  ट््याक्सी गरिराखेको वेलामा जहाज ११ डिएमई(DME) मा आउँदैछ, तपाईहरु छिटो टेकअफ (Take Off) गर्न सक्नुहुन्छ भनेर अनुरोध गर्दा पाइलटले जहाज अवतरण गरे पछि मात्र निगमले आफ्नो जहाज उडान गछौं भन्ने जानकारी गराइएकोमा २ देखि ३ मिनेट ट््याक्सी–वेमा होल्डमा परेको निगमले प्रस्ट परेको छ । साथै निगमले सुरक्षालाई प्राथमिकतामा राखी सेवा दिदैं आएको सर्वविदित्तै रहेको र तथ्यहिन र भ्रामक समाचार सर्वसाधारणमा विश्वास नगर्न अनुरोध गरेको छ ।

Loading...