भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री सवार झण्डावाल गाडी नै खोलामा गाडियो

स्याङ्जा । संयोग पनि कस्तो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै गाडी खोलामा डुब्न पुग्यो । राजधानीबाट पुल शिलान्यास गर्न स्याङ्जा आएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खाेलामा डुबेको हो ।

अर्जुन चौपारी गाउँपालिका-३ स्थित दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ सवार गाडी सोमबार खोलाको दहमा डुबेको थियो । उनी सवार गाडी आधा डुबेपछि सुरक्षाकर्मीले उनको उद्धार गरेका थिए । गाडी डुबे पनि मन्त्री महासेठ लगायत सबै सुरक्षित रहेका छन । खोलामा डुबेको जीप क्रेनको सहायताले निकालिएकाे बताइएको छ ।

पुलकाे शिलान्यास गरी फर्कने क्रममा जीप खाेलामा पल्टिएकाे हाे । खाेलामा पुल नभएकाले खाेलाबाट नै गाडी तार्नु पर्ने बाध्यता रहेकाे छ । ग्रामिण क्षेत्रको बारेमा चालक अनभिज्ञ भएकोले उक्त दुर्घटना हुन पुगेको प्रहरीको अनुमान रहेको छ ।

Loading...