दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको खेल वर्षाका कारण रद्द, दुबैले अंक बाँडे


काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्द भएको छ ।

साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि खेल शुरु हुन सकेन र दुबैले १–१ अंक बाँडेका छन् ।

दक्षिण अफ्रिकाले लगातार तीन खेल गुमाएको थियो । यो खेल रद्दभएपछि अब उसको विश्वकपको अबको यात्रा झनै मुस्कील बनेको छ । ४ खेलपछि बल्ल उसले खाता खोलेको छ ।

वेष्टइण्डिज भने ३ खेलबाट ३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने दक्षिण अफ्रिका नवौं स्थानमा छ । वेष्टइण्डिजले ३ खेलमा १ जित, १ बराबरी र १ हारको सामना गरेको छ ।

Loading...