अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराज सिंहको सन्यास

एजेन्सी ।  भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन् ।

मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छु। र अब अघि बढ्नका लागि मैले बिदा माग्ने समय आएको छ। मेरो करियर एक रोलर कोस्टरको यात्रा झैँ भएको छ र यसले अनेकौं कथा दिएको छ। ”

सन् २००० मा भारतीय टोलीका लागि डेब्यु गरेका युवराज सिंहले ४० टेस्ट, ३०४ एक दिवसीय र ५८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा भारतका लागि सबैभन्दा ठूला म्याच विनरका रुपमा चिनिएका युवराजको नाममा ८,७०१ एक दिवसीय रन र १११ विकेट रहेको छ।

सन् २००७ को टि-२० विश्वकप क्रिकेट र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट भारतलाई जिताउन युवराजको ठूलो भूमिका रहेको थियो। सन् २०११ को विश्वकपमा प्रतियोगिताका उत्कृस्ट खेलाडी चुनिएका युवराजले सन् २००७ को टि-२० विश्वकपमा समेत सानदार प्रदर्शन गरेका थिए। सोहि टि-२० विश्वकपको क्रममा इंग्ल्याण्ड बिरुद्धको खेलमा युवराजले स्टुअर्ट ब्रोडको एकै ओभरमा ६ छक्का समेत प्रहार गरेका थिए।

सन् २०११ को विश्वकप पछि ब्लड क्यान्सरबाट ग्रसित भएका युवराजले आफ्नो करियरमा पुन: पुनरागमन गरे। पछिल्लो पटक सन् २०१७ मा वेस्ट इन्डिज भ्रमणको क्रममा भारतीय एक दिवसीय टोलीमा रहेका युवराजले त्यसयता भने अन्तर्राष्ट्रिय क्रिकेटमा स्थान बनाउन सकेका थिएनन्।

भारतको लागि ४० टेस्ट, ३०४ एकदिवसीय अन्तर्राष्ट्रिय तथा ५८ टि-२० अन्तर्राष्ट्रिय खेलेका युभराज सन् २०११ को विश्वकप र २००७ को टि-२० विश्वकपमा गरेको प्रदर्शन तथा स्टुवार्ट ब्रोडलाई टि-२० विश्वकपमा प्रहार गरेको एकै ओभरमा ६ वटा छक्काको कारण प्रसिद्ध रहेका छन्। सन् २०११ विश्वकपमा सिंहले ३६२ रन तथा १५ विकेट लिएका थिए र ४ खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत चुनिएका थिए।

“यो सबैभन्दा मुस्किल र सबैभन्दा कठिन पल हो मेरो लागि। म शव्दहरुमा व्यक्त गर्न सकीरहेको छैन तर म प्रयास गर्छु”

“अब अघि बढ्नका लागि मैले बिदा माग्ने समय आएको छ। मेरो करियर एक रोलर कोस्टरको यात्रा झैँ भएको छ र यसले अनेकौं कथा दिएको छ।”

“मलाई खेल मन पर्छ र मलाई खेल मन पर्दैन पनि। मलाई खेल मन पर्छ किनकि यसले मलाई सबथोक दिएको छ र मलाई यो कारण मन पर्दैन किनकि मलाई मानसिक रुपमा निकै गार्हो थियो”

सन्यास घोषणा कार्यक्रममा युवराजले आफ्नो बिगतको सम्झना, आफु बसेको घर लगायत विषयमा आफ्नो पिता योगराज सिंहसंग संस्मरणात्मक भिडियो सार्वजनिक गरेका थिए। भिडियोमा सिंहले आफ्नो पिताले आफुलाई निकै कडा अनुशाशनमा हुर्काएको सम्झिदै आफ्नो घर त्यसबेला जेल जस्तो लाग्ने अनुभव बताएका छन्।

सन् २००० मा श्रीलंकामा सम्पन्न यु-१९ विश्वकपमा युवराज प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। सिंहले कुल २०३ रन तथा १२ विकेट लिएका थिए र फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो।

त्यही प्रदर्शन पछि सोहि वर्ष आईसीसी नकआउट ट्रफीमा युभराजले केन्यासंग भारतको लागि डेब्यु गरेका थिए। प्रतियोगितामा अस्ट्रेलिया बिरुद्ध क्वार्टरफाइनलमा ग्लेन म्याकग्रा , ब्रेट लि , जेसन गिलेस्पी जस्ता खेलाडी बिरुद्ध भारतलाई जित दिलाउन उनले ८४ रनको इनिंग खेलेका थिए र प्रभावित बनाएका थिए।

सन् २००२ मा भारतले इंग्ल्याण्डलाई नाटवेस्ट सिरिजको फाइनलमा २ विकेटले पराजित गर्दा उनले खेलेको ६९ रनको इनिंग स्मरणीय मानिने गर्छ। भारतले ३२५ रनको लक्ष्य पछ्याउदै खेल जित्दा युवराज सिंहले भारतीय टिममा स्थान स्थायी गरेका थिए।

सन् २००७ को टि-२० विश्वकप भारतले जित्दा युवराजले इंग्ल्याण्ड बिरुद्ध स्टुवार्ट ब्रोडको एक ओभरमा ६ वटा छक्का प्रहार गर्दै रेकर्ड बनाएका थिए। अस्ट्रेलियासंग सेमीफाइनलमा सिंहले म्याच जिताउने ७० रनको इनिंग खेल्दै भारतलाई प्रतियोगिता जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०११ मा भारतलाई दोश्रो विश्वकपको उपाधि दिलाउन बायाँ हाते अल-राउण्डरले कुल ३६२ रन बनाउनुको साथै १५ विकेट समेत लिएका थिए। एक शतक र ४ अर्धशतक बनाएका उनि ४ खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए। उनि विश्वकपमा ३०० बढी रन र १५ विकेट लिने एक मात्र खेलाडी समेत बन्न पुगेका थिए।

त्यसपछि भने युवराजको क्रिकेट करियरले पुरानै गति लिन सकेको थिएन।

युवराज सिंहको करियर प्रदर्शन – 

टेस्ट – ४० खेल  –  ३२७७ रन ( ३ शतक र ११ अर्धशतक ) र ९ विकेट
ओडीआई – ३०४ खेल –  ८७०१ रन ( १४ शतक र ५२ अर्धशतक ) र १११ विकेट
टि-२० आई – ५८ खेल –  ११७७ रन ( ८ अर्धशतक ) र २८ विकेट

Loading...