काठमान्डौ, १३ असार । सिरिन्ज आक्रमणको आतंक मचाउने रामेछापका सन्तोष कार्की विवाहित हुन्। उनका दुई सन्तान पनि छन्। केही समयअघि मात्र उनले ५० लाख रुपैयाँ भन्दा बढी लगानीमा महाराजगञ्ज क्षेत्रमा एउटा रेष्टुरेन्ट खोलेका थिए।श्रीमतीसँगै बिहानदेखि अबेर रातिसम्म सन्तोष रेष्टुरेन्ट चलाउँथे। बेलुका महाराजगञ्जबाट कालिमाटी हुँदै घर जान्थे। उनले प्रयोग गर्ने बाटो भनेको बिष्णुमति करिडोर थियो।सोही रुटमा […]
समाचार
भारतको अपराजित यात्रा जारि, वेस्टइन्डिजको सेमीफाइनल सम्भावना सकियो
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा उसले वेस्ट इन्डिजलाई सहजै १२५ रनले सहजै पराजित गर्यो। जित पछि भारतको ६ खेलमा ५ जित र १ बराबरी अंकसहित ११ अंक पुगेको छ र अंकतालिकामा दोश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डको पनि ७ खेलमा ११ अंक रहेको छ भने अस्ट्रेलिया ७ खेलमा […]
हरिवन नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण
सर्लाहीको हरिवन नगरपालिकाले फरक क्षमताका अपाङ्गता भएका व्यक्तिलाई ह्यिल चियर बितरण गरेको छ । नगरपालिकालाई अपाङ्गमैत्री नगरपालिका बनाउने लक्ष्य अनुरुप नगरपालिकाले ह्यिल चियर बितरण गरेको हो । मेयर गणेश प्रसाईंले विहीवार वडा नम्बर ८ मा असक्तहरुको घरमै पुगेर ह्यिल चियर बितरण गरे । केही वर्ष देखि प्यारालाइसिस भएर थला परेकी वडा नम्बर ८ बेत्तालीकी ६८ […]
सर्लाहीमा डाक्टर पत्नी सुप्रियाको रहस्यमय हत्या
सर्लाही, १२ असार । सर्लाहीको सदरमुकाम मलंगवामा एक महिलाको हत्या भएको छ । रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भइ मलंगवा–९ मा श्रीमानका साथ बस्दैआएकी सुप्रिया भारतीको बिहीबार हत्या भएको बताइएको छ । मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रका डा. दिपेन्द्र रजककी श्रीमती हुन् । डा. रजक उपचारमा व्यस्त रहेको बेला मध्यान्ह १२ बजे […]
चट्याङ लागेर पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ।
रूपन्देही, १२ असार । मंगलबार रूपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका […]
बगरमा टुंगिएको त्यो सपना, यि बाबु छोरिको तस्विर देख्दा कस्को आखाँ नरसाउला,
काठमाडौं १२ असार । “मैले नजानु भनेकी थिएँ, उनीहरु पैसा कमाउन चाहन्थे । केही वर्ष अमेरिकामा बसेर घर बनाउने पैसा लिएर आउने भनेका थिए । त्यही भएर उनीहरु छोरा, बुहारी र नातिनी अप्रिल ३ का दिन हिँडेका थिए,” अहिले संसारभरी भाइरल भइरहेको मृत अवस्थामा भेटिएका एल्साल्भाडोरका आप्रवासी बाबुकी आमा रोजा रामिरेजले बुधबार पत्रकारहरुसँग रुँदै भनेकी […]
आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन
कैलाली १२ असार । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ’, उनले भने ‘सरकारका […]
“मुकुन्द इन्दिरा” जस्तै दाजुबहिनीको जिवन, पाँच वर्षदेखि गोठमा बास
“दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।” गलेश्वर, १२ असार । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर […]
एकैदिन काठमाडौंका ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुंग !
काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो । इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, […]
एसइइ नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, दिउँसो बोर्ड बैठक बोलाइयो
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । यसका लागि बिहीबार दिउँसो बोर्ड बोलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ […]









