२ सन्तानका बाबु समेत रहेका सन्तोष श्रीमती संगै हुदा पनि राम्री युवतीलाई सिरिन्ज रोप्दै हिड्थे 

काठमान्डौ, १३ असार । सिरिन्ज आक्रमणको आतंक मचाउने रामेछापका सन्तोष कार्की विवाहित हुन्। उनका दुई सन्तान पनि छन्। केही समयअघि मात्र उनले ५० लाख रुपैयाँ भन्दा बढी लगानीमा महाराजगञ्ज क्षेत्रमा एउटा रेष्टुरेन्ट खोलेका थिए।श्रीमतीसँगै बिहानदेखि अबेर रातिसम्म सन्तोष रेष्टुरेन्ट चलाउँथे। बेलुका महाराजगञ्जबाट कालिमाटी हुँदै घर जान्थे। उनले प्रयोग गर्ने बाटो भनेको बिष्णुमति करिडोर थियो।सोही रुटमा देखापर्ने युवतीहरु उनको टार्गेटमा पर्थे। युवतीहरु देखेपछि आफू उत्तेजित हुने गरेकाले तिखो वस्तु रोप्दै आएको उनले बयान दिएका छन्।

बैशाखको अन्तिम साता उनी नियमित समयमा घर फर्कंदै थिए। रातको १० बजिसकेको थियो। बाटो खालि थियो। उनको निलो रंगको पल्सर मोटरसाईकल रफ्तारमा थियो।त्यही दिन उनले पहिलो पटक कुनै एक महिलालाई तीखो वस्तुले प्रहार गरे। प्रहरीसँगको वयानका क्रममा उनले ‘त्यो तीखो वस्तु टायरको भित्र राखिने तार थियो’ भनेका छन्।त्यसपछि सन्तोषले जेठ १८, २९, ३० र ३२ गते पकनाजोल, डल्लु र ढल्कु क्षेत्रमा सात महिलामाथि तीखो वस्तु प्रहार गरेका थिए। उनले चलाएको यस्तो आक्रमणको श्रृङ्खला राजधानीमा ‘सिरिञ्ज आतंक’ का रुपमा चर्चित छ।

उनको यस्तो आक्रमणमा एउटै परिवारका दिदी बहिनी समेत परेका छन्।उनी घर फर्कदा श्रीमती सँगै हुन्थिन्। कुनै कुनै दिन एक्लैपनि हुन्थे।कार्कीले प्राय युवतीको कम्मर, छाती र हिपमा सुइरो रोपेको पाइएको छ। हाफपेन्ट र छोटा कपडा लगाउने युवती नै उनको निसानामा पर्दै आएको प्रहरीले बताएको छ। उनी श्रीमतीसँगै बाइकमा रहँदा पनि युवतीलाई सुइरो रोप्ने गरेको अनुसन्धानबाट खुलेको छ।साउदीमा उनले वर्गर कम्पनीमा ५ वर्ष काम गरे। साउदीमै रहँदा उनले युवतीलाई सिरिन्ज आक्रमण गरेको घटना टेलिभिजनमा हेर्नुका साथै प्रत्यक्ष देखेको पनि बताएका छन्।

Loading...