भेलसँगै बग्छ राज्यको अर्बौ‌ँ लगानी

सुर्खेत– असार ८ गतेको वर्षापछि आएको बाढीले डोल्पाको ठूलीभेरी नगरपालिका ४ र ७ लाई जोड्ने रुपगाड खोलाको पुल बगायो। बाढीले पुल बगाएपछि दुनै र तल्लो डोल्पाको सम्पर्क टुट्यो।डिभिजन वन कार्यालय डोल्पाका इन्जिनियर बादल बुढामगरका अनुसार जुफाल विमानस्थल दुनै र तल्लो डोल्पामा आउ जाउ पूर्ण रुपमा बन्द भएको छ। बाढीले पुलमात्रै बगाएन डिभिजन वन कार्यालय डोल्पाका कर्मचारीको ५ लाख रुपैयाँ पनि बगायो। कारण कर्मचारीले विभिन्न कार्यक्रमबाट प्राप्त पाँच लाख रुपैयाँ खर्चिएर उक्त पुल बनाएका थिए। दस मिटर लामो पुल करिब एक महिनाअघि मात्रै निर्माण गरिएको थियो।

यता असार ८ गतेको वर्षाले वीरेन्द्रनगरमा निर्माणधीन हटलाइन सडकको नाला भत्कियो। मापदण्डविपरीत र कमजोर संरचनाका कारण नाला भत्किएको हो। वर्षाले वीरेन्द्रनगर ६ धमलाचौकमा करिब चालीस मिटर नालाको भित्ता भत्किएको छ।सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले ७ करोडमा हटलाइन सडक र नाला जिम्मा लिएको छ। कार्यालयका सब इन्जिनियर चन्दबहादुर खड्काले भत्केको नाला पुनः मर्मत गरिने बताए। असार लागेसँग गणेशचोक(कालुन्चोक हुँदै एयरपोर्ट सम्म तीन किलोमिटर हटलाइन सडकको काम तीव्र भइरहेको छ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाले वडा नं। ६ का विभिन्न सडक मर्मत गरिएको छ।असार लागेसँगै नगरपालिकाले १८ करोड खर्चिएर रातारात सडक मर्मत र पिच गरेको छ।रोचक कुरा त के छ भने कतिपय पिच भइसकेका सडकमा गाडी गुडाउन प्रतिबन्ध लगा इएको छ।हप्ता दिनसम्म पनि गाडी गुडाउन रोक लगाएपछि गुणस्तरमाथि स्थानीयले प्रश्न उठाउन थालेका छन्। सडकमा २५र३० टनका गाडी गुडाउँदा कालोपत्रे चाँडो उक्किने भएका कारण केही दिनका लागि प्रतिबन्ध लगाइएको नगरपालिकाको भनाइ छ। बजार भित्रका सडकमा दुई सेन्टिमिटरको प्रिमिक्स कालोपत्रे गरिएका कारण केही समय प्रतिबन्ध लगाइएको नगरपालिकाका साइड इन्जिनियर हरि केसी बताउँछन्।

वडा नं ६ का वडाध्यक्ष मोतीप्रसाद कँडेल भने जगेडा कोषबाट खाल्डाखुल्डी पुरिएका कारण सडकको विषयमा प्रश्न उठाउन नमिल्ने बताउँछन्। ‘जहाँ बढी खाल्डा छन्, त्यहाँका खाल्डा कालोपत्रे गरेर भर्ने भन्ने कुरा थियो,’ उनी भन्छन्, ‘त्यहीअनुसार हामीले यो काम गरिरहेका छौं।’आगामी वर्षदेखि चार सेन्टिमिटरको प्रिमिक्स कालोपत्रे गरिने कँडेल बताउँछन्।उल्लिखित असारे विकासका केही प्रतिनिधिमूलक घटना मात्रै हुन्।बजेट सक्नकै लागि गरिएका कमसल विकास निर्माणका कामहरु वर्षायाम सुरु भएसँगै बग्न थालेका छ। आर्थिक वर्ष सकिनै केही हप्ता दिनमात्रै बाँकी रहदा रातदिन विकास निर्माणले तीब्रता पाएको छ।

वीरेन्द्रनगरको एउटै वडामा अहिले दर्जन बढी ठाउँमा सडक निर्माण र मर्मत थालिएको छ। प्रदेश राजधानी सहर वीरेन्द्रनगरको वडा नं। ६ मा बुद्धपथ लाइन, सनिहल लाइन डाँडा स्कुललगायतका दर्जन बढी क्षेत्रमा सडक मर्मत सुरु भएको छ।रातारात गरिएको विकास निर्माण राज्यको अर्बौ ढुकुटी सिध्याउने खेलमात्र भएको स्थानीय बताउँछन्। ‘हाम्रो विकास निर्माण त असार लागेपछि मात्रै देखिन्छ’, वीरेन्द्रनगर(६ का स्थानीय गौरव योगी भन्छन्, ‘जनप्रतिनिधिहरु पनि वर्ष दिनसम्म निदाउने असार लागेपछि बिउँझिएका छन्।’त्यस्तै वीरेन्द्रनगर(६ कै मनकला बिसीलाई पनि जनप्रतिनिधिको असारे विकासको प्रवृति मन परेको छैन।

‘जनप्रतिनिधि आएपछि असारे विकासको प्रवृत्ति हट्ला कि भन्ने आश थियो’ उनी भन्छिन्,’कमिसनको चक्करमा उनीहरु पनि बजेट सक्ने खेलमा लागे।’बजेट फ्रिज जाने डरले हताहतारमा विकास निर्माण थालेको उनको बुझाइ छ।उसो त असारे विकासमा राज्य को करोडौं लगानी भेलसँगै बग्दै आएको छ।कमसल र बजेट सक्नकै लागि हतारहतारमा गरिने विकास दिगो हुन सकेका छैनन्।अर्बौ‌ खर्चिएका आयोजनाहरु केही निर्माणकै क्रममा थन्किएका छन् त केही वर्ष दिन नपुग्दै पुरानै अवस्थामा फर्किएका छन्। जसले गर्दा असारे विकासबाट नागरिकले सेवा पाउन सकेका छैनन्। एक हिसाबले असारे विकासको प्रवृति बालुवामा पानी खन्यायसरह बन्दै आएको छ।

Loading...