हरिवन नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण

सर्लाहीको हरिवन नगरपालिकाले फरक क्षमताका अपाङ्गता भएका व्यक्तिलाई ह्यिल चियर बितरण गरेको छ । नगरपालिकालाई अपाङ्गमैत्री नगरपालिका बनाउने लक्ष्य अनुरुप नगरपालिकाले ह्यिल चियर बितरण गरेको हो ।

मेयर गणेश प्रसाईंले विहीवार वडा नम्बर ८ मा असक्तहरुको घरमै पुगेर ह्यिल चियर बितरण गरे । केही वर्ष देखि प्यारालाइसिस भएर थला परेकी वडा नम्बर ८ बेत्तालीकी ६८ वर्षीया यशोधा बराल र सानैमा ढाँडको नशाबाट ग्रसित हुनु भएकी वडा नम्बर ८ कै वर्ष ३४ की रन्जिता सिन्दालीलाई नगरप्रमुख गणेश प्रसाद प्रसाई र वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ विनोद ढुंगेलले उनीहरुको घरमै पुगी संयुक्त रुप मा ह्वील चियर वितरण गरेका हुन् ।

वडा कार्यलयले आफ्नो वडा भित्र यो वर्ष ६ थान ह्वील चियर वितरण गर्ने बताएको छ। आज दुई थान मात्रै वितरण गरे पनि बाँकीलाई केही दिन पछि नै वडाको स्वास्थ्य चौकी मै उपस्थित गराई वितरण गर्ने वडा अध्यक्ष ढुङ्गेलले जानकारी दिए । यसरी आफ्नो नगरपालिकाका नगर प्रमुख र वडा अध्यक्ष आफ्नै घरमा आई  ह्वील चियर वितरण गर्दा अपाङ्गता भएका परिवार भने खुशी देखिएका थिए ।

जनप्रतिनिधिको यो कदम र फरक क्षमताका अपाङ्गता भएका व्यक्तिको लागि गरिएको प्रयास सर्हानिय रहेको अपाङ्ग संजालका दुर्गाहरी सुवेदीले प्रतिक्रिया दिए ।

Loading...