एसइइ नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, दिउँसो बोर्ड बैठक बोलाइयो


भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । यसका लागि बिहीबार दिउँसो बोर्ड  बोलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो ।

अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ नतिजा यसपटक प्रदेश नम्बर २ मा पुन परीक्षा लिइएका कारण एक हप्ता पछाडि सरेको हो ।

बोर्ड बैठक लगत्तै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

Loading...