उपत्यकाको बाग्मती नदी खतराको तह पार गरेपछि रौतहटका दर्जन बढी गाउँ डुबानमा

रौतहट । राजधानीबाट बगेर राैतह६ पुग्ने बागमती नदी र लालबकैया नदीमा बाढी आउँदा जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो । लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले […]

जापानमा जाने कामदारको असोजमा भाषा र सीप परीक्षा हुँदै

काठमाडौं । जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ । मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा […]

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिदा २ यात्रु घाइते

काठमाण्डौ, २७ असार । नेपालगञ्जबाट काठमान्डौका लागि उडेको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको थियो त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र […]

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प

सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]

बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट,२७ असार। लगातारको वर्षा पछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्का बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा सयौ सवारी साधन रोकिएका छन् भने हजारौ यात्रु अलपत्र परेका छन्। मनसुनको आगमन सगै परेको अविरल वर्षाका कारण बिहिबार रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको […]

देशका सबै नदीको बहाब खतरामा, सतर्कता अपनाउन आग्रह

काठमाडौं २७ असार। बाढी पूर्वानुमान शाखाले देशका विभिन्न नदीहरूको बहाब खतरामा रहेको जनाएको छ । बाग्मती नदीको तराई क्षेत्रको बहाब रेड जोन खतरामा रहेको संकेत देखिएको छ । बाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा ८ बजे जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरू बेलुकासम्म सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले […]

गुल्मीको रुद्रवेणी ,वामीटक्सार सडकखण्ड अवरुद्ध

तम्घास, २७ असार । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो […]

उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ । सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत […]

कांग्रेस रातारात विप्लव बनेको सञ्चारमन्त्रीको आरोप

काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले कांग्रेस आफ्नो विचारबाट चिप्लिएर ‘विप्लव’ बनेको आरोप लगाए । बिहीबार सिंहदरवारमा नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कांग्रेस दिउसो बिपी जस्तो देखिने तर रातभर ‘विप्लव’ बन्ने गरेको आरोप लगाए […]

मिलापत्र भए पनि प्रहरी कार्यालयबाट रुदै निस्किइन नायिका शिल्पा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकु परिसरमा फिल्म निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको झगडा मिलाइयो । तर, मिलापत्रपछि नायिका शिल्पा पोखरेल भने आँखाभरि आँशु झारेर बाहिरिन । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित बनेको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन । साथै उनले आफूहरुबीचको सम्बन्ध अब दिगो नहुने भन्दै सम्बन्ध विच्छेदको […]