काठमाडौं। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् । विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । […]
समाचार
ओली-प्रचण्ड सरकारमाथि यसरी खनिए अधिकारकर्मीहरु, मानवाधिकार उलंघन भएको आरोप
बिराटनगर। पूर्व प्रधानन्यायाधीश तथा मानवअधिकार अायाेग अध्यक्ष अनुपराज शर्माले सरकारमा रहँदा मत्र मानवअधिकार र स्वतन्त्रता हुने तर बाहिर हुँदा नहुने बताएका छन् । शुक्रबार विराटनगरमा जनअधिकार फोरमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले अहिले पनि अायाेग जनताका माझ गइरहेको र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको बताएका छन् । ‘आयोग जनताका माझ गइरहेको छ र […]
नयाँ बसपार्कमा दुई हजार लिटर घरेलु मदिरा भेटियो
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो । प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, […]
त्रिशुली नदीमा ट्रक खस्यो, चालक र सहचालक बेपत्ता
काठमाडौं। सडक सुधारका काम सकिएको एक दिनमै फेरि त्रिशुली नदीमा ट्रक खसेका छ । पृथ्वी राजमार्गको जोगिमाराबाट सिमेन्ट बोकेका ट्रक नदीका खसेको प्रहरीले बताएको छ । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा खसेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० […]
पहिलोपटक नाचघरमा ३८० वर्ष पुरानो परम्परागत कार्तिक नाच देखाइदै
ज्येष्ठ २६ ,काठमाडौँ / प्रत्यक बर्ष देखाइने कार्तिक महिनामा ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा मात्र हेर्न पाइने कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । यहि असारको ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ कार्यक्रममा पहिलो पटक कार्तिक नाचको साथै पंचकपाल चर्या नृत्य मंचमा प्रस्तुत गरीने भएको छ । कलाकार स्वजन रघुवंशीले […]
सभापति देउवाले काँग्रेस भंग गरिदिए हुन्छ भनेपछि पौडेल समूहमा खैलाबैला
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गरिदिए हुने भन्दै गरेको टिप्पणीले खैलाबैला मच्चिएको छ । उनले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउँदै त्यो नगरे पार्टी नै भंग गरे हुने बताएका थिए । कैलाली जिल्लाको अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीका उम्मेदवारालई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले […]
सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?
काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]
प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक
काठमाडौं। त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय […]
अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता हुन नसक्ने -महानिरीक्षक सर्वेन्द्र खनाल
२५ जेठ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै बाराको कलैयास्थित उद्योग वाणिज्य संघमा भएको कार्येक्रममा महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहने बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता […]
बिश्व रक्तदाता दिवसको उपलक्ष्यमा सप्ताह ब्यापी कायेक्रम
जेष्ठ२५ ,काठमाडौँ / बिश्वो रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एशोसियशन नेपालले शुक्रवार बात सप्ताह ब्यापी विभिन्न कार्केक्रम गरि मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि कायेक्रमका तालिका निम्न बमोजिम रहने बताइएको छ । शुक्रबार -रक्तदाता महिला अन्तरक्रिया शनिबार -वृहत रक्तदान आइतबार -युवा रक्तदात भेताघट सोमबार -उपत्येकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार – उपत्येकाव्यापी विद्यालयस्तरीय चित्र […]











