अविरल वर्षाले सिंहदरवार भित्रै पुर्यायो क्षति, सिंहदरवार पर्खाल नै भत्किएर एकजना घाइते

काठमाडाैं, २७ असार । बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि असर परेकाे छ । देशका अन्य भागमा बाढी र पहिराेले क्षति पुर्याउँदा सिंहदरवारमा भने पर्खाल नै भत्किएको छ ।

अविरल वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको हाे। शुक्रबार बिहान पर्खाल ढल्दा एक जना व्यक्ति घाइते भएका छन । महानगरीय प्रहरी वृत्त सिंहदरबारले घाइतेको अवस्था सामान्य रहेको जनाएकाे छ। पर्खाल भत्किएपछि अहिले सो क्षेत्रमा सवारी आवागमनमा समेत अवरोध आएको छ।

पर्खाल ढल्दा सडकमा माटाे र इट्टाहरु थुप्रिएका कारण सवारी अावागमनमा अवराेध भएकाे हाे । अहिले इँटा र माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

यसैगरी अविरल वर्षाका कारण काठमाडौंमै एक व्यक्तिकाे घर भत्किएको छ। कामनपा-२१ लगनस्थित बिना शाक्यको ढुंगामाटोले बनेको कच्ची घर भत्किएको हो। उक्त घरमा कोही नबस्ने भएकाले मानवीय क्षति भएको छैन। लगातार परेको वर्षाले देशका अन्य भागकाे जनजीवन पनि प्रभावित भएको छ। बाढी पहिरोको जोखिम बढेकोले सतर्क र सुरक्षित रहनु होला ।

Loading...