हेटौडामा बाढीले बगायो भारतीय ट्रक

हेटौडा, ८ साउन । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण हेटौंडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ ।

हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कंदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई कर्रा खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ट्रक पुरिएपनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ । पानी परिरहेकोले ट्रकलाई उद्धार गर्न कठिनाई भएको जनाइएको छ भने ट्रक पुर्णरुपमा पुरिएको छ

Loading...