काठमाडौं, ७ जेठ । भोजपुरमा प्रहरीले गोली हानेर नेकपा कार्यकर्तामाथि गोली हानेर घाइते बनाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानेको हो । गाेली लागेर घाइते भएका घिमिरेलाइ प्रहरीले गिरफ्तार समेत गरेकाे छ । प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला […]
समाचार
बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान
बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि […]
खुकुरीले ९ जनालाई सिध्याउने घटनाका आशंकित व्यक्ति नै झुण्डिएको अवस्थामा फेला परे
फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको घटनामा अाशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले ती युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिएकी हुन् । झुण्डिएको अवस्थामा फेला परेकाे शव मानबहादुर माखिमको भएकाे प्रहरीले पत्ता लगाएकाे छ […]
२४ औं पटक सर्वोच्च शिखर सगरमाथामा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड
काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता […]
सुमार्गीलाई ४ अर्ब कर तिर्न राजस्व कार्यालयको ताकेता, राजश्वको पत्र बुझ्नै मान्दैनन सुमार्गी
काठमाडौं, ७ जेठ । आन्तरिक राजस्व कार्यालयले व्यापारी अजेयराज सुमार्गीलाई साढे ४ अर्ब बढी राजश्व तिर्न ताकेता गरेकाे छ । विवादित व्यापारी सुमार्गीकाे कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेकाे भेटिएपछि यस्ताे ताकेता गरिएकाे हाे । सुमार्गीले कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी […]
एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या
फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]
दुबै मृगौलाले काम गर्न छाडेका चापागाईको बाँच्नका लागि सहयोगको अपिल
काठमाडाैं । दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भए भरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् । पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे । पीडितका […]
पर्वतमा बम विष्फोट हुँदा २ युवक घाइते
पर्वत । पर्वतमा आफैले बनाउदै गरेको बम बिस्फोटमा परी दुइ जना युवा घाइते भएका छन् । जिल्लाको बिहादी गाउँपालिका ६ शालिग्राममा ति दुइ युवाले बम बनाउँदै गर्दा बिष्फोट भएको हो । आइतबार साँझ फलामको पाइपमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट भएको स्थानियहरुले बताएका छन् । बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती […]
७ चोरीमा सम्लग्न भइ ६ वर्षदेखि फरार गुण्डा पक्रन प्रहरीले चलायो गोली
काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको […]
कडा सुरक्षाबीच विद्यालय भवनको शिलान्यास
रौतहट, ६ जेठ । रौतहटमा एक स्कूल भवन कडा सुरक्षाबीच शिलान्यास भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले आफ्नै गाउँको स्कूल भवन शिलान्यास गर्दा ब्यापक प्रहरी परिचालन गर्नु परेको हो । आइतवार प्रहरीको घेरामा उनले आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् । स्थानीय […]










