काठमाडाैं, १६ भदाै । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका […]
समाचार
मुलुकी एेनको नयाँ संस्करण विरुद्ध आइतबार देशभरका अस्पताल बन्द गरिने
काठमाडौं । भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक […]
प्रसिद्द नरसिंहजात्र ललितपुरमा आज मानिदै
ललितपुरमा प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने आइरहेको नृसिंह जात्रा उपाकलं सायाः आज मानिदै छ । ललितपुरमा रहेका नेवार समुदाय राजोपाध्यायहरुको उपाकर्म गुठीबाट वर्षेनि मनाईंदै आएको यस जात्रा धुमधामका साथ मनाइने गुठीले जनाएको छ । ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने यो जात्रा यसपालि ललितपुरका पट्को टोल निवासी ध्रुवज्वालानन्द शुक्ल राजोपाध्यायज्को घरबाट […]
जनकारवाही गरेको हप्तादिन नपुग्दै राेल्पामा वडा सदस्यकाे घर नेकपाद्वारा कब्जा
रोल्पा । आफ्नो जनकारवाहीमा परेका एक वडा सदस्यको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएको जानकारी दिँदै नेकपाले कारवाहीमा परेको हप्तादिन नपुग्दै माडी गाउँपालिका वडा नम्बर १ का सदस्य हरि प्रसाद घर्तीको घर कब्जा गरेको हो । घर्तिलाई नेकपा माडी गाउँपालिकाको स्थानीय जनसरकारकाे कारवाहीमा परेका घर्तीलाई जनताका बीचमा राखेर छलफल […]
बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै […]
बागलुङका ३४ वर्षीय युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या
काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ […]
यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख […]
नेकपा झापाका इन्चार्ज-सेक्रेटरीसहित १० जना नेता गिरफ्तारपछि बेपत्ता, प्रहरीले कहाँ पुर्यायो ?
झापा । नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंह पाैडर्लसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहसहित, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, […]
म्यान्मारका राष्ट्रपतिको स्कर्टिङमा रहेको कारगेड दुर्घटना, श्रीलंकाली राष्ट्रपति आधाघन्टा विमानमै थुनिए
काठमाडाैं, १४ भदाै । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार […]
विमस्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु
काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ । सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ । […]











