नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न: विप्लवले प्रस्तुत गरेको तीन महिने अभियानको प्रस्ताव पारित

काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समीक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई नयाँ उचाईमा पुर्याएको र चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले ठहर गरेको छ । बैठकले तीन महिने भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको छ । यही माघ १५ गतेबाट सुरु हुने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ मेचीदेखि महाकालीसम्म चल्नेछ ।

राजधानी बाहिर बसेको बैठकले प्रचण्ड– बाबुरामको नेतृत्वमा विचलित पार्न खोजिएको माओवादी आन्दोलनलाई वैचारिक रूपले सुढृढ गर्न अभियान संचलान गरिने लागिएको एक नेताले बताए ।

त्यसैगरी अभियानको क्रममा क्रान्तिकारी तथा देशभक्त जनसमुदायका बीचमा ध्रुवीकरणलाई पनि जोड्नेछ । कम्युनिस्ट र वामपन्थीको नाममा जनचेतना, पहलकदमी तथा सचेतनपक्षलाई कमजोर बनाउने र त्यही मौकामा भयानक राष्ट्रघात र जनदमन गर्ने सम्भावना रहेको बताउँदै नेकपाले जनतालाई ब्युँझाउन अभियान संचालन गर्न लागिएको बताइएको छ ।

तीन महिने अभियानको क्रममा नेकपाले पाँच लाखभन्दा साना ऋणीको ब्याज मिनाहा गर्नुपर्ने, सुकुमबासीलाई गाँस, बास र रोजगारीको व्यवस्था नगरी थातथलोबाट उठाउन नपाउने, भष्ट्र र दलाललाई कारवाही गर्नेलगायतका कार्यक्रम रहेको बताइएको छ । अभियानमा महासचिव विप्लवलगायतका शिर्ष नेताहरु सहभागी हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी सरकारले चुनावलगत्तै पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य उपभोग्यवस्तुको मूल्यवृद्धि गरेर जनतामा आक्रोश पैदा गराएको भन्दै नेकपाले त्यसका बिरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताएको छ ।

स्थानीय निकायले लोकतन्त्र, लोककल्याण र राहतबिनाको थेग्नै नसक्ने अकल्पनीय कर थोपरेकाले त्यसबिरुद्ध आन्दोलनको सिर्जना गर्ने नेकपाको तयारी छ । सथानीय निकायको चुनावपछि जनताको ढाड भाच्नेगरी करको भार थोपरेको जनगुनासो आएइरहेको भन्दै नेकपाले त्यसबिरुद्ध आन्तरिक तयारी गरेर आबस्यक निर्णय गर्दै कारवाही अगाडी बढाउने बताएको छ ।

Loading...