ठूला माछा पनि धमाधम तानिदै, सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार

सुर्खेत, २७ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

डीएफओ लामालाई आयोगले शुक्रबार नियन्त्रणमा लिएको हो । डीएफओ लामाले काठको छुटपूर्जी म्याद थपका लागि सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनले पटक पटक सेवाग्राहीसँग ठूलो बार्गेनिङ गर्ने गरेको गुनासो आएपछि अख्तियारको टोलीले उनीमाथि निगरानी बढाएको जनाएको छ । यसैक्रममा शुक्रबार एक सेवाग्राहीसँग ४ लाख घुस लिएका बेला नै आयोगको टोलीले उनलाई उनकै कार्यालयबाट समातेको हो ।

आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले डीएफओ लामालाई पक्राउ गरेको जानकारी दिँदै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

बिहीबार अख्तियार अनुसन्धान अायाेगकाे टाेलीले धरानमा ८ लाख रकम घुस लिँदा लिँदै एक उपकूलपतिलाइ रङ्गेहात पक्राउ गरेकाे थियाे । 

हेर्नुहाेस समाचार

उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

Loading...