उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ ।

सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग उनले साे रकम लिएकाे अख्तियारले जनाएकाे छ।

उनलाइ अायाेगकाे टाेलीले धरानस्थित उनको कार्यकक्षबाटै पक्राउ गरेकाे हाे । उपकुलपति राैनियारसँगै डा. रामहरी रौनियार पनि पक्राउ परेका छन । अख्तियारले पक्राउ परेका अभियुक्तद्वयमाथि थप अनुसन्धान भइरहेको जनाएकाे छ।

डा रामहरी उपकुलपति राैनियारका का भतिजा हुन्। घूस लिएकाे रकम उनले भतिजा रामहरीलाई राख्न दिएका थिए। आयाेगले राैनियार बिरूद्व उजुरी परेपछि उनलाई रंगेहात समाउने याेजना बनाएकाे थियाे । उनले कार्यकक्षमा रकम लिना साथै भतिजलाई दिएर निवासमा लुकाएर राख्न पठाएका थिए।आयाेगकाे टाेलीले सुरूमा रकम नभेटेपछि खाेज्न केही समय लागेकाे बताइएकाे छ । तर, पछि लुकाउन लगिएकाे रकम पनि फेला परेपछि उनीहरु लत्रिएका हुन् ।

अख्तियारका प्रवक्ता सहसचिव प्रदिपकुमार काेइरालाले उनीहरुलाइ आयाेगकाे हिरासतमा राखिएकाे जानकारी दिएका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकारका स्वास्थ्य मन्त्री गगन थापाकाे संयाेजकत्वमा गठित छनाैट समितिले २०७३ फागुन २० मा राैनियारलाई साे विश्वविद्यालयकाे उपकुलपति छनाैट गरेकाे थियाे । समितिमा तत्कालिन स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती र राष्ट्रिय याेजना आयाेगका सदस्य गीताभक्त जाेशी सदस्य रहेका थिए।

Loading...