यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिदा २ यात्रु घाइते

काठमाण्डौ, २७ असार । नेपालगञ्जबाट काठमान्डौका लागि उडेको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ ।

बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको थियो त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ ।

घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

Loading...