मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुल्यो

एजेन्सी। मोबाइल र इन्टरनेटमा मानिसको लतको रुपमा बिकास हुन थालेपछि भारतमा लत छुटाउने केन्द्र खुलेको छ । पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको हो ।

हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको र केन्द्रले त्यस्ता गतिबिधि नियन्त्रण गर्न पहल गर्ने संचालक तथा मनोविद डाक्टर जे पालले बताए ।

उनीहरुमा आफैलाई हानी गर्ने खालको ब्यवहार पनि बढ्दै गएकाले त्यसलाई कम गर्न केन्द्र उपयोगी हुने डाक्टर पालले बताउए । केन्द्रमा नियमित रुपमा जाने बालबालिकाको ब्यवहारमा परिवर्तन भइरहेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

Loading...